arrow

जम्मु–काश्मीरमा आतंकवादी हमला, पाँच सैनिकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २५ मंगलबार
jammu-kashmir-attack-24-7-8.jpg

काठमाडौँ । भारतको जम्मु काश्मीरको कठुआमा भएको आतंकवादी हमलामा एक जुनियर कमिसन्ड अफिसर (जेसीओ) सहित पाँच सैनिकको मृत्यु भएको छ ।

आक्रमणमा परी घाइते भएका पाँच सैनिकलाई मिलिटरी अस्पतालमा पुर्याइएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

सुरक्षा बल लोहाई मल्हार ब्लकको मछेदी क्षेत्रको बडनोटामा खोजी गरिरहेको बेला आतङ्ककारीले हमला गरेको बताइएको छ ।

अत्याधुनिक हतियारले सुसज्जित आतंकवादीले सुरक्षा बलमाथि गोली चलाउन थालेपछि दोहोरो भिडन्त भएको थियो ।

काश्मीर टाइगर्स नामक आतंकवादी संगठनले सेनामाथि हमलाको जिम्मेवारी लिएको छ । यो संगठन प्रतिबन्धित पाकिस्तानी आतंकवादी संगठन जैश(ए(मोहम्मदको शाखा मानिन्छ ।

भारतीय सेनाले यस वर्षको अन्त्यसम्म जम्मु क्षेत्रबाट आतंकवादलाई समाप्त गर्ने योजना बनाएको छ। गृह मन्त्रालयमा हालै भएको बैठकपछि पुँछ, राजौरी, रियासी, कठुआमा सक्रिय ३० आतङ्ककारीको सूची बनाइएको छ । आतङ्ककारी र उनीहरूका सहयोगीहरूलाई निर्मूल पार्न शत्रु एजेन्ट ऐनलाई मूल स्वरूपमा लागू गर्ने निर्णय भएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ