arrow

कोरोना संक्रमित बढे

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २६ बुधबार
corona-virus-covid-19.jpg

काठमाडौँ । जाम्बियामा कोरोना संक्रमितको सङ्ख्या बढेको त्यहाँका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

सोमबार जाम्बियाका स्वास्थ्य मन्त्री सिल्भिया मासेबोले पत्रकार सम्मेलनमा गत मे र जुनको बीचमा करिब तीन हजार ७० नमूना परीक्षणमा दुई दशमलव चार प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । अघिल्लो महिना एक दशमलव पाँच प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको थियो । 

मासेबोले भने, “देशका १० मध्ये छ प्रान्तमा कोरोन संक्रित भेटिएका छन् । जसमध्ये लुसामा सबैभन्दा धेरै संक्रमित भेटिएका छन् ।” उनका अनुसार यस वर्ष जनवरीदेखि जुनसम्म मुुलुकभर चार हजार सात सय ७० कोरोना संक्रमित भेटिएका छन् । 

जाम्बियाले पनि चिसो र सुक्खा अवस्थाका कारण श्वासप्रश्वास र इन्फ्लुएन्जा जस्ता रोगमा बृद्धि भएको उल्लेख गरेको छ । मन्त्रालयले भाइरस र अन्य रोगहरु पत्ता लगाउन सक्रिय रहेको जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ