arrow

पहिरोले घर पुरिँदा खिलकुमारीको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २७ बिहिबार
baglung-road-.jpg

बागलुङ । वर्षाका कारण पहिरोेले घर पुरिँदा बागलुङमा एक जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका–७ तितौरेमा गए राति पहिरोमा घर पुरिएर ५५ वर्षीया खिलकुमारी शर्माको मृत्यु भएको हो ।

शर्मा घरमा एक्लै बस्दै आउनुभएको बागलुङ–७ का वडाध्यक्ष मेघनाथ गैरेले जानकारी दिए । आज बिहान छिमेकीले थाहा पाएपछि प्रहरी र जनप्रतिनिधिलाई खबर गरेका थिए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ