arrow

केजरीवाललाई सर्वोच्चले दियो अन्तरिम जमानत, रिहा भने नहुने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २८ शुक्रबार
arvind-kejriwal-cm-dehli-cbi.jpg
तस्बिर : फाइल

काठमाडौँ । भारतको सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अन्तरिम जमानत दिएको छ। 

सर्वोच्चले दिल्लीमा कथित अन्तःशुल्क नीति घोटालासँग सम्बन्धित मनी लान्ड्रिंग मुद्दामा प्रवर्तन निदेशालयले गरेको गिरफ्तारीप्रति अन्तरिम जमानत दिएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन्।

मुख्यमन्त्रीलाई ईडीले मार्च २१ मा मनी लान्ड्रिङ मुद्दामा पक्राउ गरेको थियो। उनलाई तल्लो अदालतले जुन २० मा एक लाख रुपैयाँको व्यक्तिगत धरौटीमा जमानत दिएको थियो। त्यसको भोलिपल्ट ईडीले दिल्ली हाई कोर्टमा जमानत दिने तल्लो अदालतको आदेश एकतर्फी र गलत भएको तर्क गरेको थियो। त्यसपछि केजरीवाललाई पनि सीबीआईले जुन २६ मा कथित अन्तःशुल्क नीति घोटालासँग सम्बन्धित भ्रष्टाचार मुद्दामा पक्राउ गरेको थियो।

यद्यपि केजरीवाल अहिले जमानतमा जेलबाट बाहिर आउन सक्ने छैनन् किनभने सर्वोच्च अदालतले उनलाई ईडीले पक्राउ गरेको मुद्दामा मात्र अन्तरिम जमानत दिएको छ।

केजरीवाललाई सीबीआईले गरेको गिरफ्तारीलाई दिल्ली उच्च अदालतमा चुनौती दिएका छन्। यस मुद्दाको सुनुवाइ जुलाई १७ मा हुने भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ