arrow

फेरि कोरोना संक्रमित भए अक्षय कुमार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २९ शनिबार
akshay-kumar-2024.jpg

काठमाडौँ । बलिउड अभिनेता अक्षय कुमारलाई फेरि कोरोना संक्रमण भएको छ । अक्षयकुमारले आफूलाई कोरोना संक्रमण भएकाले अलग बसेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । 

फिल्मको ‘सरफिराको प्रमोशनको क्रममा अक्षयलाई कोरोना संक्रमण भएको बताइएको छ । उनलाई शुक्रबार बिहान कोभिड पोजिटिभ भेटिएको थियो । 

यसअघि २०२२ मा पनि अक्षय फिल्म ‘राम सेतु’ को सुटिङका ​​क्रममा कोरोना संक्रमित भएका थिए । 

यस अवधिमा अक्षय बाहेक टोलीका अन्य सदस्यहरू पनि कोभिड पोजिटिभ भेटिएका थिए । 

त्यसअघि २०२१ मा पनि अक्षय कोभिड पोजिटिभ थिए । 

अक्षयकुमारको नयाँ फिल्म ‘सरफिरा’ शुक्रबार रिलिज भएको छ । यो फिल्म दक्षिणका व्यापारी जीआर गोपीनाथको जीवनमा आधारित छ जसमा अक्षय मुख्य भूमिकामा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ