arrow

पोखरा विश्वविद्यालयका सबै काम अनलाइनमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २९ शनिबार
pu-aarohan-81-3-29.jpg

ललितपुर । शैक्षिक क्यालेण्डरलाई चुस्त दुरुस्त पार्न पोखरा विश्वविद्यालयले सबै कामहरु अनलाइनबाट पनि गर्न सकिने बनाउने भएको छ ।

एभरेस्ट इन्जिनियरिंग कलेज पुल्चोक ललितपुरले शुक्रबार गरेको एक दिने आरोहण २ कार्यक्रमको समापन समारोहमा पोखरा विश्वविद्यलाय (पीयू) का रजिष्टार प्राडा दीपकबहादुर भण्डारीले विश्वविद्यालयले शैक्षिक क्यालेण्डरलाई समयमै सकाउने कामलाई अझ तन्दुरुत बनाउन अनलाइन प्रविधिबाट काम थाल्न लागेको जनाए । फारम, टान्सिकिप्टलगायतका सवै कामका लागि अनलाइनबाटै विद्यार्थीले भर्न सकिने बनाउन लागेको उनले जानकारी गराए ।

देशकै सबैभन्दा ठूलो त्रिभुवन विश्वविद्यालयको शैक्षिक क्यालेण्डर गंजागोल भइरहेको भनी आलोचना बढिरहँंदा पोखरा विश्वविद्यालयका रजिष्टार प्राडा भण्डारीले पोखरा विश्वविद्यालय ९पीयू० ले चारवर्षे कोर्सको सर्टिफिकेट चारवर्षभित्रै दिंदै आएका बताए । पोखरा विश्वविद्यालयले शैक्षिक क्यालेण्डर अनुसार नै परीक्षा लिन, परीक्षाफल प्रकाशित गर्ने र सर्टिफिकेट दिंदै आएको उनले बताए । 

पहिला पनि नविगारेको र भविष्यमा पनि तलमाथि नहुने उनले स्पष्ट पारे । विश्वविद्यालयले परीक्षा भएको २८ देखि ५० दिनभित्र परीक्षाफल प्रकाशित गर्दै आएको उनले जनाए । 

कार्यक्रममा आयोजक कलेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अरुणकुमार भण्डारीले विद्यार्थीको शैक्षिक गुणस्तरलाई अझ तेजिलो बनाउन पढाईका साथसाथै कलेजले समय समयमा विभिन्न कार्यक्रमहरु गर्दै आएको जानकारी गराए । 

कलेजका प्रिन्सिपल इन्जिनियर विनोद रिजालले आजका विद्यार्थीले अध्ययन अनुसन्धानमा जोड दिई मानव जातिको सहजताका लागि काम गर्नुपर्ने आवश्यकता औँल्याए । 

भाइस प्रिन्सिपल इन्जिनियर राजन लामाले विद्यार्थीले सिकेको ज्ञानलाई कक्षाकोठामा मात्रै सीमित नपारी वर्षैपिच्छे आरोहण कार्यक्रम गर्दै आएको जानकारी गराए । कलेजमा दोश्रो पटक एकदिने आरोहण २ भएको उनले जनाए । 

आरोहण, अन्वेषण दी इनोभेसन आरोहण २ कार्यक्रम भएको हो । यस क्रममा इन्टर कलेज टेक्निकल एक्जिविशन एण्ड कम्प्युटिशन पनि भएको थियो । कम्प्युटिशनका दस जोड दुई र इन्जिनियरिंग अध्ययन हुने काठमाडौं उपत्यकाका झण्डै दुई दर्जन कलेजहरुबाट विद्यार्थी प्रतिस्पर्धी रहेको कार्यक्रममा बताइयो । 

एकदिने कार्यक्रममा क्रममा विभिन्न प्रदर्शनीहरु तथा प्रतियोगिता भएको थियो । प्रदर्शनी तथा प्रतियोगिताहरुको आन्तरिक तथा बाह्य गरी एक हजार पाँंच सय विद्यार्थीले अवलोकन भ्रमण गरेको अनुमान गरिएको छ । प्रदर्शनी अवलोकनका लागि प्रवेश निःशुल्क थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ