arrow

बागलुङका तीन परिवारलाई राहत

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ३० आइतबार
Landslide_baglung.jpeg

बागलुङ । सरकारले मनसुनजन्य विपद्बाट ज्यान गुमाएका बागलुङका तीनजनाका परिवारलाई राहतस्वरुप रु छ लाख ५० हजार नगद प्रदान गरेको छ । 

जिल्ला प्रशासन कार्यालयले यही असार २७ गते राति बागलुङ नगरपालिका–७ तितौरेमा पहिरोमा परी ज्यान गुमाएकी ५५ वर्षीया खिलकुमारी शर्माकी छोरी निर्मलालाई रु दुई लाख ५० हजार नगद प्रदान गरेको हो ।

यसैगरी यही असार १५ गते राति घर पुरिँदा गलकोट नगरपालिका–८ काँडेबाँसका बिसौनीका ५५ वर्षीय प्रेम विक र निजकी ५० वर्षीया श्रीमती वसन्ती विकको मृत्यु भएको थियो । 

विकका परिवारलाई रु चार लाख  नगद प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले बताए ।  उक्त रकम  सङ्घीय र प्रदेश सरकारबाट प्राप्त भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ