arrow

'भोलेन्टियर'को रूपमा परराष्ट्रका काम गर्ने नारायणकाजीको चाहना [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ३० आइतबार
narayankaji-shrestha-03-30.jpg

काठमाडौँ। निः वर्तमान उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले आफू परराष्ट्र मन्त्रालयको निकट रहेर काम गर्ने बताएका छन् । आइतबार अपराह्न मन्त्रालयका आयोजित बिदाइ समारोहमा बोल्दै उनले मुलुकको परराष्ट्र नीतिलाई सही ढङ्गले अघि बढाउनका लागि पनि आफू सो मन्त्रालयको अन्तरङ्ग निकट रहेर काम गर्न प्रतिबद्ध रहेको बताएका हुन् । 

निः वर्तमान उपप्रधानमन्त्री श्रेष्ठले आफूले नयाँ बन्ने परराष्ट्र मन्त्रीलाई निकट रहेर साथ दिन चाहेको बताए । भोलेन्टियरको रूपमा परराष्ट्र मन्त्रालयका काम गर्न आफूले अब बन्ने मन्त्रीसँग निवेदन हाल्न चाहेको उनको भनाई थियो । उनले परराष्ट्र नीतिको पक्षमा आफूले सदैव सम्बन्धित पक्षहरूसँग छलफल, संवाद र अन्तरक्रिया गर्ने बताए । 

उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘परराष्ट्र मन्त्रालयसँग त म अन्तरङ्ग निकट रहन्छु । ताकि परराष्ट्र मन्त्रालयले परराष्ट्र सम्बन्धलाई सही ढङ्गले अघि बढाओस् । परराष्ट्र नीतिलाई सही ढङ्गले अघि बढाओस् । कूटनीतिक अभ्यास सही ढङ्गले गरोस् । त्यसको निम्ति आफ्नो तर्फबाट तपाईँहरूसँग निकटमा रहेर छलफल गर्ने र समाधानका प्रयत्नहरू गर्ने । यसलाई उन्नत स्तरको संसारको अहिलेको आवश्यकतालाई मिट गर्न सक्ने परराष्ट्र मन्त्रालयको रूपमा विकसित गर्ने काममा म तपाईँहरूको साथमा रहनेछु । मैले त भनेको पनि थिए–अर्को मन्त्री जो आउनु होला । एउटा निवेदन त मैले हाल्नुपर्ला जस्तो छ । मलाई भोलेन्टियर भए पनि सल्लाहकार भए पनि बनाउनु न । केही समयका लागि । पूरै समय त म दिन सक्दिन । मान्छे के के गर्ने तपाई गर्नुस् । सिष्टम स्थापित गरिदिन्छु भन्ने पनि हुन्छ । तर केही कामहरू छ यो मन्त्रालयको । त्यसलाई पूरा गर्न मलाई तपाईँको भोलेन्टियर बनाउन न भन्न मलाई मन लागिरहेको छ । त्यसरी भने पनि नभने पनि म यो कामहरूलाई पूरा गर्न दृढतापूर्वक राज्यको सबै पक्षहरूसँग छलफल, संवाद, अन्तरक्रियामा हुनेछु । त्यसको निम्ति मेरो सधैँ प्रयत्न रहनेछ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ