arrow

उपप्रधानमन्त्रीद्धय प्रकाशमान र विष्णु पौडेलले खाए शपथ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ३१ सोमबार
prakashman-bishnu-poudel-81.jpg

काठमाडौँ । नवनियुक्त सरकारका दुई उपप्रधानमन्त्रीहरु प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेलले शपथ लिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्रीद्धयलाई शपथ दिलाएका हुन् । 

प्रधानमन्त्री ओलीले राष्ट्रपतिबाट शपथ खाएसँगै दुई उपप्रधानमन्त्रीलाई शपथ दिलाएका हुन् । प्रकाशमान नेपाली कांग्रेसको नेतृत्व गर्दै सरकारमा गएका छन् भने पौडेल एमालेबाट सरकारमा गएका हुन् । 

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, झलनाथ खनाल र डा बाबुराम भट्टराईसहित विभिन्न राजनीतिक दलका नेताहरु, सांसद, नेपाल सरकारका विशिष्ट अधिकारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा सामाजिक जीवनका विभिन्न क्षेत्रमा योगदान पुर्याएका विशिष्ट व्यक्तित्वहरुको सहभागिता थियो ।    
राष्ट्रपति पौडेलले आइतबार नेपालको संविधानको धारा, ७६ (२) बमोजिम नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) को समर्थनमा एमालेका अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा  नियुक्त गरेका थिए । 

प्रतिनिधि सभाका दुई ठूला राजनीतिक दल कांग्रेस र एमालेबीच यही असार १७ गते भएको सहमतिसँगै अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । 

त्यसपछि १९ मन्त्रीहरुले शपथ लिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ