arrow

निष्ठा र इमानको राजनीति गर्न चाहन्छु- पर्यटनमन्त्री पाण्डे [भिडियो]

कुनै पनि कलंक नलाग्ने किसिमले देश र पर्यटन मन्त्रालयको सेवा 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ३१ सोमबार
badri-panday-03-31.jpg

काठमाडौँ ।  नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले वर्तमान समय अनकुलको पर्यटन नीति बनाउने बताएका छन् । सोमबार मन्त्रालयको पदबहाल गर्दै मन्त्री पाण्डेले पर्यटन नीतिमा आवश्यक सुधार गर्न अध्ययन समिति गठन गरेको भन्दै त्यसलाई गहिरो अध्ययन गरेर नीति बनाउने बताए । उनले अध्ययन समितिले तीन महिनाभित्र पर्यटन नीतिमा गर्नुपर्ने सुझावसहितको प्रतिवेदन दिने गरी कार्यगत सर्त तोकिएको बताए । 

उनले निष्ठा र इमानको राजनीतिलाई कुनै पनि किसिमको कलंक नलाग्ने किसिमले देश र पर्यटन मन्त्रालयको सेवा गर्ने बताए । उनले जनताले भ्रष्टाचारको न्यूनीकरण गरी सुशासनको प्रत्याभूति खोजिरहेको बताए । उनले  युवाहरु देशभित्र भविष्य खोज्ने चिन्तामा रहेको भन्दैसबैको चिन्ता कम गर्ने दिशामा सरकारले काम गर्ने बताए । उनले ठूलो लगानी गर्ने वातावरण बनाउन सके मात्रै पर्यटकहरू मुलुकभित्र आउने बताए ।

उनले भने,‘निष्ठा र इमानको राजनीतिलाई कुनै पनि किसिमको कुनै पनि कलंक नलाग्ने किसिमले देश र पर्यटनमन्त्रालयको सेवा गर्न चाहन्छु । जनताले भ्रष्टाचारको न्यूनीकरण खोजिरहेका छन् । सुशासनको प्रत्याभूति खोजिरहेका छन् । युवाहरु देशभित्र भविष्य खोज्ने चिन्तामा रहेका छन् । सबैको चिन्ता कम गर्ने दिशामा सरकार जानुपर्नेछ । ठूलो लगानी गर्ने वातावरण बनाउन सके मात्रै पर्यटकहरू मुलुकभित्र आउन सक्छन् । हाम्रा इन्जिनहरूलाई ठिक ठाक बनाएर सर्भिसिङ गर्नुपर्छ । नेपालको पर्यटन क्षेत्रमा ठूलो लगानीसँगै लाखौँ पर्यटकहरू भित्र्याउनुपर्ने छ । पर्यटन क्षेत्रमा युवाहरूको आशा सञ्चार गर्ने गरी मुलुकमा नै बस्ने बनाउने गरी सृजनशील र रचनात्मक रूपमा काम गर्नेछ । पर्यटन नीति सुधार गर्ने गरी कार्यदल गठन गर्ने गरी परिमार्जन गर्नेछौँ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ