arrow

नाचघरमा इलाम गुन्जिदा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ३१ सोमबार
ilam-sangiit-natghar.jpg

काठमाडौँ । नवआगन्तुकदेखि ख्यातिप्राप्त कलाकारसम्मलाई इलाम कलाकार समाज काठमाडौँले एकै मञ्चमा उतारेको छ । 

सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरमा आयोजित इलाम सांगीतिक सम्मान कार्यक्रममा डेढ दर्जन प्रस्तुति रहेको थियो । 
उक्त कार्यक्रममा गायक तथा संगीतकार कोमल निरौलालाई दीर्घ साधना सम्मानबाट सम्मानित गरिएको छ । 

पूर्वप्रधानमन्त्री झलनाथ खनालले निरौलालाई सम्मानपत्रसहित नगद १५ हजार रुपैयाँ प्रदान गरेका हुन् । 

कार्यक्रममा संविधान सभा सदस्यद्वय सुजाता परियार र नगेन्द्र कुमाल, साहित्यकार डम्बर पहाडी, बुद्धवीर लामा, राजकुमार राई, नन्दु उप्रेतीलगायतको उपस्थिति थियो । 

गायक यम बराल कार्यक्रमको अन्तिममा स्टेज चढे र गाए– ‘बादलुको घुम्टोले इलाम बजार छोपिँदा’ । त्यसअघि अर्का गायक लाक्पा शेर्पाले दुइटा प्रस्तुति दिएका थिए । उनले गाएका थिए– ‘झस्केर दुख्छ यो मुटु मेरो’ र ‘ए कान्छा’ । शेर्पाले चर्चित गीत ‘झस्केर दुख्छ’ गाइरहँदा दर्शक भावुक बनेका थिए । 

त्यसअघि थिरज राईले ‘इलाम बजार घुम्न आउँदा’, यशोदा पराजुलीले ‘दिन ढल्यो अँधेरी रातमा’ र बलराम समालले ‘इलामैको न्यानो बस्ती’ गीत गाएर दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । 

त्यति मात्रै होइन, गायक गणेश पराजुली, विनोद राईदेखि बेनुप क्षेत्री, फुटी शेर्पा, खुसी थुलुङ, छोगेल तामाङसहित गायकगायिकाले प्रस्तुति दिए । बीच–बीच विभिन्न समूहले नृत्य प्रस्तुत गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ