arrow

रातभरमा २२ युक्रेनी ड्रोन खसालेको दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १ मंगलबार
russia-drones-.jpg

काठमाडौँ ।  रूसको पश्चिम र क्रिमियामा आइतबार रातभरमा २२ युक्रेनी ड्रोन खसालेको रूसी रक्षा मन्त्रालयले सोमबार जनाएको छ ।

जिम्मेबारीमा रहेका हवाई रक्षा प्रणालीहरूले २२ वटा युएभी नष्ट गरी रोकेको मन्त्रालयले टेलिग्राम पोस्टमार्फत दिएको सूचनामा उल्लेख छ । 

मन्त्रालयका अनुसार रूसी सीमा क्षेत्र ब्रायन्स्कमा १५, क्रिमियामा छ र लिपेट्स्कमा एउटा ड्रोन खसालिएको थियो ।

कुस्र्कका गभर्नरले यसबाहेक कुस्र्कमा थप तीन युक्रेनी ड्रोन खसालिएको बताए । 

युक्रेनले यस वर्ष रूसी भूभागमा आफ्ना आक्रमणहरू बढाएको छ, यसले रूसको सेनालाई इन्धन पुर्‍याउने दुवै ऊर्जा स्थलहरू, साथै सीमापारका सहर र गाउँहरूलाई लक्षित गरेको छ ।

दुवै पक्षले सन् २०२२ फेब्रअरीमा सुरु भएको द्वन्द्वमा व्यापक रूपमा सयौं किलोमिटर फैलिएको क्षेत्रमा व्यापक ‘सेल्फ–डिटोनेटिङ क्राफ्ट’सहित ड्रोन प्रयोग गर्ने गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ