arrow

लागुऔषध मुद्दामा रकुलका भाइ पक्राउ, अढाई किलो कोकिन बरामद

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १ मंगलबार
rikul-preet-sing.jpg

काठमाडौँ । अभिनेत्री रकुल प्रीत सिंहका भाइ अमन प्रीत सिंहलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले लागुऔषध मुद्दामा उनलाई पक्राउ गरेको बताइएको छ । 

 हैदराबादमा बिक्रीको लागि ल्याइएको २.६ किलोग्राम कोकिन प्रहरीले बरामद गरेको छ। जसमा ३० जनाको नाम बाहिर आएको छ त्यसमा रकुल प्रीत सिंहका भाइ अमन प्रीत सिंह पनि परेका  हुन् ।

भाइ पक्राउको विषयलाई लिएर रकुल प्रीत सिंहको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । सन् २०२० मा सुशान्त सिंह राजपूतको मृत्युपछि रकुल प्रीत सिंहलगायत धेरै स्टारको नाम लागुऔषध मुद्दामा आएको थियो । यसपछि रकुल प्रीत सिंहलाई पनि सोधपुछ गरिएको थियो ।

रकुल प्रीत सिंह हालै मुकेश अम्बानीका छोराको विवाहमा आफ्ना पति र निर्माता ज्याकी भगनानीसँग सहभागी भएकी थिइन् ।

रकुल ‘रामायण’ मा शूर्पणखाको भूमिकामा देखिनेछिन्। नितेश तिवारीको फिल्म ‘रामायण’मा अभिनेता रणवीर कपुर भगवान् श्रीरामको भूमिकामा देखिनेछन्। अभिनेत्री साई पल्लवीले माता सीताको भूमिका निर्वाह गर्नेछिन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ