arrow

चार महिनासम्म तुलसीमा गरिने पूजा शुरू [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २ बुधबार
tulasipuja-ekadashi-snan-81.jpg

काठमाडौँ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीका बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि शरू भएको छ ।

एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा तुलसीको बीउ रोपिन्छ । आजदेखि कात्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ ।

सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको हो । 

भगवान् विष्णु शयन गर्ने चार महिनालाई चतुर्मासा पनि भनिन्छ । सोही अवसरमा आज राजधानीको बुढानीलकण्ठ मन्दिरमा पूजाआजाका लागि श्रद्धालुहरूको भीड लागेको छ । 

tulasipuja-ekadashi-snan-81-4-2 (1).jpg
tulasipuja-ekadashi-snan-81-4-2 (2).jpg
tulasipuja-ekadashi-snan-81-4-2 (3).jpg
tulasipuja-ekadashi-snan-81-4-2 (4).jpg
tulasipuja-ekadashi-snan-81-4-2 (5).jpg
tulasipuja-ekadashi-snan-81-4-2 (6).jpg
tulasipuja-ekadashi-snan-81-4-2 (7).jpg
tulasipuja-ekadashi-snan-81-4-2 (8).jpg
tulasipuja-ekadashi-snan-81-4-2 (9).jpg
tulasipuja-ekadashi-snan-81-4-2 (10).jpg
tulasipuja-ekadashi-snan-81-4-2 (11).jpg
tulasipuja-ekadashi-snan-81-4-2 (12).jpg
tulasipuja-ekadashi-snan-81-4-2 (13).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ