भोजपुर । जब प्रकृति खुल्छ नि संसारको सबैभन्दा सुन्दर पक्ष त्यही लाग्छ । त्यही सौन्दर्यले अहिले भोजपुरलाई निकै आकर्षक बनाएको छ ।
रामप्रसाद राई गाउँपालिका–५ मनोभञ्ज्याङबाट देखिएको भोजपुर वर्षायामसँगै हरियालीले ढाकिएका डाँडाकाँडा, मकैबारी र फूलहरूले अहिले पहाडको प्राकृतिक सौन्दर्यलाई अझ मनमोहक बनाएको छ ।