arrow

इजरेली बमबारीबाट गाजामा नौ प्यालेस्टिनीको मृत्यु, दर्जनौँ घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ३ बिहिबार
gaza-israel-palestine-AFP.jpg

काठमाडौँ ।  गाजा शहरमा विस्थापितहरूको एक विद्यालयको आवासको गेटमा भएको इजरेली बमबारीमा कम्तीमा नौ प्यालेस्टिनीको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको प्यालेस्टिनी सुरक्षा र चिकित्सा स्रोतहरूले जनाएका छन् ।

 इजरेली विमानले दर्जनौँ विस्थापित परिवारहरू बस्ने गाजा सहरको अल–रिमाल छिमेकमा रहेको विद्यालयको गेटमा कम्तीमा एउटा मिसाइलले बम प्रहार गरेको प्यालेस्टिनी सुरक्षा स्रोतले बताएको छ ।

 गाजा–आधारित स्वास्थ्य अधिकारीहरूले अन्तर्राष्ट्रिय समुदायलाई स्वास्थ्य प्रणाली बचाउन, अस्पतालहरूको कार्यप्रणाली सुनिश्चित गर्न आवश्यक सहयोग र जेनेरेटरहरू खरिद गर्न आह्वान गरका छन् ।

 स्वास्थ्य अधिकारीहरूले अस्पतालहरूलाई आवश्यक विद्युतीय ऊर्जा आपूर्ति गर्न करिब नौ महिनादेखि डिजेल जेनेरेटरमा भर परेको एक प्रेस विज्ञप्तिमार्फत जनाएका छन् ।

 मन्त्रालयले इजरेली सेनाले केही जेनेरेटरहरू ध्वस्त बनाएको र प्रत्यक्ष बमबारी गरेको बताएको छ ।

 इजरेलले सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरेली सिमानामा हमासको आक्रमणको बदला लिन गाजा पट्टीमा हमास विरुद्ध ठूलो मात्रामा आक्रमण सुरु गरेको थियो । यसमा लगभग एक हजार दुई सय मानिस मारिएका थिए भने दुई सय ५० जनालाई बन्धक बनाइएको थियो ।

 विगत २४ घण्टामा इजरेली सेनाले ८१ जनाको ज्यान लिएको छ भने एक सय ९८ जना घाइते भएका छन् । यसबाट कूल मृत्यु हुनेको सङ्ख्या ३८ हजार सात सय ९४ पुगेको र सन् २०२३ को अक्टोबरमा प्यालेस्टिनी–इजरायली द्वन्द्व सुरु भएदेखि ८९ हजार तीन सय ६४ जना घाइते भएको गाजास्थित स्वास्थ्य अधिकारीहरूले एक विज्ञप्तिमा भनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ