arrow

महान्यायाधिवक्ता बडालले खाए शपथ 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ३ बिहिबार
keshav-badal-oath-81-4-3.jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नवनियुक्त महान्यायाधिवक्ता रमेश बडाललाई पद तथा गोपनीयताको शपथग्रहण गराएका छन् । 

शीतल निवासमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश श्रेष्ठले महान्यायाधिवक्ता वडाललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । समारोहमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायतको उपस्थित रहेको थियोे । 

सरकारको कानूनी सल्लाहकारका रूपमा बडाललाई प्रधानमन्त्रीको सिफारिसमा बुधबार राष्ट्रपति पौडेलले महान्यायाधिवक्ता पदमा नियुक्त गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ