arrow

राहदानीबाट मात्रै गुल्मीमा ६ करोड राजस्व

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ३ बिहिबार
karmachari-gulmi.jpg
फाइल तस्बिर

गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले आर्थिक वर्ष २०८/८१ मा राहदानीबाट मात्र रु ६ करोडभन्दा बढीको राजस्व सङ्कलन गरेको छ । 

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले सबैभन्दा बढी राजस्व राहदानीबाट सङ्कल भएको जानकारी दिए । १२ हजार चार सय ५० राहदानी वितरण गर्दा सो आवमा २०८०/८१ मा ६ करोड ३३ लाख रुपैयाँ सङ्कल भएको हो । गत आवमा राहदानीबाट सात करोड भन्दा बढी रकम सङ्कलन भएको थियो । 

कार्यालयबाट आव २०८०/८१ मा पाँच हजार सात सय ३६ नागरिकताको प्रतिलिपि, ४८  गैरआवासीय नागरिकता र १२ हजार दुइ सय ७३ राहदानी सिफारिस गरिएको छ । 

यसैगरी सात सय ६६ नाबालक परिचयपत्र, १६ हजार आठ सय ४४ राष्ट्रिय परिचयपत्र विवरण दर्ता र एक हजार नौ सय राष्ट्रिय परिचयपत्र वितरण गरिएको प्रजिअ शर्माले बताए । 

जिल्ला प्रशसनमा सोही आवमा २८ मुद्दा दर्ता भएकोमा २३ फछ्र्याैट भएका छन् । त्यसैगरी ७८ ठाडो उजुरी, एक हजार एक सय ४४ नाता प्रमाणित, २६ संस्था, एक सय ७९ संस्था नवीकरण, ७४ हातहतियार नवीकरण, चार सय ५३ दलित, चार सय ९२ जनजाति र ६६ आय विवरण प्रमाणित गरिएको छ ।

प्रशासनले नागरिक मैत्री सेवा प्रवाहका लागि कार्यालयमा राहदानी र नागरिकताको लागि विद्युतीय टोकन, ज्येष्ठ नागरिक विश्रामस्थल, बजार अनुगमन, विकास निर्माणमा सहजीकरण, विपद्मा तत्काल राहत वितरण, ज्येष्ठ नागरिक एवं अपाङ्गता भएका सेवाग्राहीलाई पहिलो प्राथमिकता दिएको जनाएको छ । 

त्यसैगरी जिल्लाका १२ वटै स्थानीय तहमा गएर नागरिकलाई सेवा प्रवाहसम्बन्धी अभिमुखीकरण, लागू औषध नियन्त्रण, कारागार सुधार लगायतका काम गर्दै आएको प्रजिअ शर्माले बताए । 

नागरिकलाई सेवा प्रवाह गर्ने काममा जिल्ला प्रशासन कार्यालयले खेलेको भूमिका सरहानीय रहेको जनाउँदै राजनीतिक दलका प्रतिनिधिले प्रमुख जिल्ला अधिकारीलाई धन्यवाद व्यक्त गरेका थिए । उनहरुले आगमी दिनमा पनि सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै लैजानुपर्नेमा सुझाव दिएका थिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ