arrow

आठबिसकोटमा खोलाले बगाउँदा पुनको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ३ बिहिबार
taplejung-maiwakhola-flood-8rai-2080-03-03.jpg
फाइल तस्बिर

रुकुम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-१२ मा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ ।

सिलागाउँका ५५ वर्षीय चन्द्रे पुनलाई आज खोलाले बगाउँदा उनको मृत्यु भएको हो ।

काफचौर तर्नेक्रममा खोलाले बगाउँदा पुनको मृत्यु भएको इलाका प्रहरी कार्यालय आठबिसकोटका प्रहरी निरीक्षक नविन मरासिनीले जानकारी दिए ।

उनको शव ढुङ्गा र माटोले पुरिएको अवस्थामा फेला परेको छ ।

यसअघि सोमबार राति आएको बाढीले सोही वडाको झिनचौरमा तीन बालिकाको मृत्यु भएको थियो ।

खोलाले बगाउँदा एक जना अझै बेपत्ता छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ