arrow

बाबुरामको दृष्टिकोणमा यी हुन् मुलुक विकासको बाधक [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ५ शनिबार
baburam-bhattrai-04-05.jpg

काठमाडौँ ।  पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजतन्त्र नै मुलुकको विकासको बाधक भएको टिप्पणी गरेका छन् । शनिबार काठमाडौँमा आफ्नो पुस्तक सार्वजनिक  कार्यक्रममा नेपाल समाजवादी पार्टीका अध्यक्ष समेत रहेका भट्टराईले जटिल भौगोलिक अवस्था र उत्पादनको साधनको कमीको कारणले पनि नेपाल विकासमा अझै पछि परेको जिकिर गरे । 

उनले भारतसँग खुला सीमा नाका कारण पनि नेपालको विकासमा अल्झन आउने गरेको बताए । सुगौली सन्धि लगायतका भारतसँगको असमान सम्बन्धहरूलाई नसच्याएसम्म नेपालको विकास नहुने अध्यक्ष भट्टराईको निष्कर्ष थियो ।  

उनले भने, नेपाल हिमाल, पहाड, तराई मधेसमा बाँडिएको भूगोल र आर्थिक, सामाजिक रूपमा पनि असाध्यै सानो परिमाणको उत्पादनका साधन आदिले गर्दा पछाडि परेको हो । र राजतन्त्रको नेतृत्वमा जुन पुरानो सत्ता रह्यो, त्यसले गर्दा विकासको बाधक बन्यो भन्ने आन्तरिक कुरा । र बाह्य रूपमा सुगौली सन्धिदेखि यता भारतको जुन सेपमा हामी पर्‍यौँ । म अन्धराष्ट्रवादी ढङ्गले कसैलाई गाली गर्ने पक्षमा छैन । तर के हो भने भारतको अर्थतन्त्र ठुलो छ । हाम्रो अर्थतन्त्र सानो छ । खुला सीमा नाका कारण हामीले प्रतिस्पर्धा गर्न सक्दैनौँ । त्यसले गर्दा भारतसँगको जुन हाम्रा असमान सम्बन्ध बन्यो । त्यसले गर्दा यसलाई नसच्याएसम्म  नेपालको विकास हुँदैन भन्ने मेरो दुई वटा निष्कर्ष छन् ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ