arrow

संविधान संशोधनको बहस थालेसँगै हिन्दूवादीहरू सक्रिय

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ५ शनिबार
rastriya-ekata-abhiyan-81-4.jpg

काठमाड़ौँ । राष्ट्रिय एकता अभियान काठमाडौँले आज संघीय हिन्दू गणतन्त्र विषयमा छलफल गरेको छ। सो क्रममा अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले देशका प्रमुख दलहरू मिलेर सरकार बनाउँदै संविधान संशोधनको कुरा उठाइरहेको अवस्थामा संविधान नेताहरूको कुर्सी स्वार्थका लागि नभई संविधान निर्माणको बेला जनताले दिएको सुझाव अनुसार संशोधन हुनुपर्ने बताए । 

विशेष गरी संविधान निर्माणको क्रममा जनताले संघीय हिन्दू गणतन्त्रको लागि दिएको सर्वाधिक सुझावलाई संविधानमा समावेश गर्नुपर्नेमा उनले जोड दिए । 

यदि दलहरूले संविधान संशोधन गर्ने हो भने राष्ट्रिय एकता अभियानले देशभर जनजागरण अभियान चलाएर संघीय हिन्दू गणतन्त्र कायमको लागि दबाब सृजना गर्ने योजना बनाएको यादवले बताए । 

कार्यक्रममा अभियानका वरिष्ठ नेता विपी यादवले सत्ता स्वार्थका लागि दुई विरोधी दल एक ठाउँमा आएको भन्दै, संविधान संशोधनमा समावेशीताको सिद्धान्तलाई अझ बलियो नगरे देशमा एकल जातीय व्यवस्था हाबी हुने र त्यसबाट हिन्दुत्वलाई नोक्सानी हुने चेतावनी दिए । 

उनले राष्ट्रिय एकता अभियानले उठाएका मुद्दाहरू सशक्त हुँदै गएको र आन्दोलनलाई निष्कर्षसम्म पुर्याउन सशक्त बनाउनुपर्ने बताए ।

युवा विभागका संयोजक दिवस पटेलले सञ्चालन गरेको कार्यक्रममा केन्द्रीय सदस्य चन्द्र यदुवंशी, विद्यार्थी परिषदका महासचिव पप्पु यादव, काठमाडौं सम्पर्क समितिका संयोजक विनोद सिंह लगायतले पनि आफ्नो मन्तव्य राखेका थिए। 

कार्यक्रममा दलित अभियंता रामकुमार पासवानको नेतृत्वमा १० जना राष्ट्रिय एकता अभियानमा विधिवत रूपमा प्रवेश गरेका छन्।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ