arrow

उपसभामुखमाथि छानबिन गर्न भुटानी शरणार्थी प्रकरणको कारबाही हुनुपर्ने रास्वपाको तर्क

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ६ आइतबार
sumana-shrestha-rsp-parliament.jpg

काठमाडौँ। प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीले संसद्मा प्रतिवाद गरेको छ। भुटानी शरणार्थी प्रकरणमा अदालतमा विचाराधीन मुद्दा र उपसभामुख रानाको विगतको पृष्ठभूमिको कुरा उठाएर रास्वपाले उनको कर्तुतलाई छोप्ने प्रयास गरेको हो।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा रास्वपाकी सांसद सुमना श्रेष्ठले लामो समयदेखि समाजसेवामा लागेको सभामुखमाथि मानव तस्करीको आरोप लगाएको भन्दै आपत्ति जनाइन्। उपसभामुखमाथि छानबिन गर्ने भए त्योभन्दा पहिले भुटानी शरणार्थी प्रकरणमा संलग्न भएकाहरूलाई कारबाही गर्नुपर्ने उनले बताइन्।

उनले संवैधानिक परिषद्मा बहुमत पुर्‍याउन उपसभामुखलाई जबरजस्ती विवादमा तान्न खोजेको आरोप समेत लगाइन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ