arrow

कांग्रेस संसदीय दलको निर्णय

नेपाली विद्यार्थी र नागरिकलाई स्वदेश फिर्तीको व्यवस्था मिलाउन सरकारसँग कांग्रेसको आग्रह [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ६ आइतबार
shayamkumar-ghimire.jpg

काठमाडौँ । नेपाली कांग्रेसले बंगलादेशमा भइरहेको आन्दोलनबाट प्रभावित नेपाली विद्यार्थी र नेपाली नागरिक प्रभावित भएको भन्दै आवश्यक प्रबन्ध मिलाउन सरकारसँग आग्रह गरेको छ ।

आइतबार संसद भवनमा बसेको पार्टीको संसदीय दलको बैठकले सो निर्णय गरेको नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बताए । उनले संसदीय दलको बैठकले बंगलादेशमा चलिरहेको आन्दोलनबाट त्यहाँ रहेका नेपाली विद्यार्थी र नागरिकलाई स्वदेश फिर्तीको व्यवस्था मिलाउन आग्रह गरेको बताए । उनले अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा जनधनको ठूलो क्षति भएको भन्दै सरकारलाई त्यसप्रति गम्भीर बन्न आग्रह गरेको बताए । 

उनले भने, ‘बंगलादेशमा चलिरहेको आन्दोलनमा नेपाली विद्यार्थी र अन्य नेपाली नागरिक समेत प्रभावित भई स्वदेश फिर्तीमा समेत समस्या भइरहेको समाचार आइरहेको हुँदा उनीहरूको सुरक्षा र उनीहरूलाई स्वदेश फिर्तीको सहज व्यवस्था गर्न सरकारसँग माग गर्दछ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा जनधनको ठूलो क्षति भएको छ । केहीको मृत्यु भएको छ भने केही बेपत्ता भएका छन् । मृतकप्रति श्रद्धाञ्जली र उनीहरूका परिवारमा समवेदना प्रकट गर्दै उचित राहतको व्यवस्था गर्न र बेपत्ताको खोजी कार्य तीव्र बनाउन र घाइतेको उपचार गर्न सरकारसँग आग्रह गर्दछौँ । सिमलटारमा बेपत्ताको खोजी कार्यलाई अझ तीव्र पार्न यो बैठक माग गर्दछ । बाढी, पहिरो र डुबानका कारण समस्यामा रहेका नागरिकलाई सहयोग गर्न नेपाली कांग्रेसका सबै शुभेच्छुक संस्था र भ्रातृ संस्थालाई सहयोग गर्न आग्रह गर्दछौँ ।’

प्रमुख सचेतक घिमिरेले सिमलटारमा बस पहिरोले बगाउँदा बेपत्ताको खोजी कार्यलाई तीव्र बनाउन पनि सरकारको ध्यानाकर्षण गराएको बताए । बाढी, पहिरो र डुबानका कारण समस्यामा रहेका नागरिकलाई सहयोग गर्न पार्टीका भ्रातृ संस्थाहरूलाई निर्देशन दिने निर्णय भएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ