arrow

फिस्लिङमा पहिरो खसेपछि पृथ्वीराजमार्ग अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ७ सोमबार
Prithivi rajmarga.jpg
फाइल तस्बिर

पोखरा । चितवनको फिस्लिङमा पहिरो खसेपछि पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । 

जसका कारण मुग्लिनबाट काठमाडौँ जाने र काठमाडौँबाट मुग्लिन हुँदै अन्यत्र जाने सवारीसाधन अलपत्र परेका छन्  । 

आज बिहान करिब ४ः४५ बजे लेदोसहितको पहिरो खस्दा दुईतर्फी नै सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार पहिरो पन्छाउने काम जारी छ । पहिरो पन्छाएर बाटो खुलाउन दुई घण्टा लाग्न कार्यालयको अनुमान छ ।

प्रहरीले वर्षा भइरहेकाले सडकको अवस्था बुझेरमात्र यात्रामा निस्कन आग्रह गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ