arrow

उम्मेदवारी फिर्तापछि ट्रम्प भन्छन्– बाइडेन सक्षम थिएनन्

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ७ सोमबार
trump21.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । राष्ट्रपति जो बाइडेनले उम्मेदवारी फिर्ता लिएपछि रिपब्लिकन पार्टीका राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले उनी सक्षम उम्मेदवार नभएको प्रतिक्रिया दिएका छन् ।

सामाजिक सञ्जालमा ट्रम्पले बाइडेन राष्ट्रपतिको उम्मेद्वार हुनका लागि कहिल्यै योग्य नै थिएनन् भन्दै कडा प्रतिक्रिया दिएका छन् ।

ट्रम्पले भनेका छन्, ‘उनी झूट र झुटो समाचारका आधारमा राष्ट्रपति पदमा पुगेका थिए, आफ्नो बेसमेन्टबाट पनि बाहिर निस्केनन् । डाक्टर र मिडिया सहित उनको वरिपरि सबैलाई थाहा थियो, उनी राष्ट्रपति हुन सक्षम छैनन्, र थिएनन् । अब हेर्नुहोस्, उनले हाम्रो देशलाई के गरे, दशौं लाख मानिसहरू हाम्रो सीमा पार गर्दैछन्, जसको न त अनुसन्धान भइरहेको छ, न परीक्षण नै छ ।’

ट्रम्पले अगाडि भनेका छन्, ‘आतंकवादीहरू रेकर्ड संख्यामा आउँदैछन् । उनको राष्ट्रपतिको कारणले हामीलाई धेरै पीडा हुनेछ, तर हामी छिट्टै उनीहरूले गरेको क्षतिलाई ठिक गर्नेछौँ ।’

८१ वर्षीय बाइडेनले चौतर्फी दबाब र आफ्नो प्रतिकुल स्वास्थ्यका कारण राष्ट्रपतिको उम्मेदवारी फिर्ता लिँदै वर्तमान उपराष्ट्रपति कमलादेवी ह्यारिसलाई राष्ट्रपति पदको उम्मेदवारका लागि समर्थन गरेका छन् ।
  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ