arrow

नागरिकको चाहनाअनुसार संविधान संशोधन हुन्छः प्रकाशमान सिंह

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ७ सोमबार
prakashman-singh-81-4-7.jpg

काठमाडौँ । उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले आम नागरिकको चाहनाअनुसार संविधान संशोधन हुने बताएका छन् । सोमबार काठमाडौँमा आयोजित वर्तमान संविधान र समाजवादउन्मुख लोकतन्त्र विषयक विचार गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले संविधानको विशेषता नै संविधानमा उल्लेखित दफाहरु विधि, प्रक्रिया पूरा गरेर परिवर्तन गर्न सकिने बताए । उनले समयको माग, जनताको चाहनाअनुसार संविधान परिवर्तन हुने बताए । 

मन्त्री सिंहले संघीयताको मर्म र भवनाअनुसार कानूनहरु बनाउन नसक्दा अहिलेको परिस्थिति सिर्जना भएको बताए । उनले जनताको चाहना पूरा गर्नका लागि कांग्रेस र एमाले मिलेर सरकार बनाएको बताए । 

उनले युवाहरु रोजगारीको खोजीमा विदेशिनुपर्ने बाध्यताको अन्त्य, अर्थतन्त्र चलायमान बनाउन, विकास निर्माणका गतिविधि अघि बढाउनका लागि सरकारले काम गर्ने बताए । 

उपप्रधानमन्त्री सिंहले तीन तहकै सरकार अधिकार सम्पन्न भएर काम गरेको भए अहिलेको अवस्था नआउने दाबी गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ