arrow

कमलादेवी अमेरिकी राष्ट्रपतिकी उम्मेदवार बन्ने भएपछि एकै दिन उठ्यो ४७ मिलियन डलर 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ७ सोमबार
kamaladevi-harris-24-7-22k.jpg

काठमाडौँ । कमलादेवी ह्यारिस राष्ट्रपतिको उम्मेदवारको लागि राष्ट्रपति जो बाइडेनले घोषणा गर्नासाथ उनको समर्थनमा ठूलो रकम संकलन भएको छ ।

मिडिया रिपोर्टका अनुसार ह्यारिसको समर्थनमा अहिलेसम्म ४७ मिलियन डलर अर्थ करिब ६ अर्ब ११ करोड संकलन भएको छ ।

डेमोक्रेटिक पार्टीको राष्ट्रपति चुनावी क्याम्पेनलाई एक्टब्लू मार्फत सो रकम संकलन भएको बताइएको छ । ह्यारिसको चुनावी क्याम्पेन लन्च भएपछि सो रकम संकलन भएको हो । यसलाई २०२४ को अहिलेसम्मको सबैभन्दा ठूलो चन्दा संकलन भएको बताइएको छ ।

ह्यारिसको क्याम्पेनलाई साना दाताले ठूलो संख्यामा सहभागी भएर सहयोग गरेको मिडिया रिपोर्टमा बताइएको छ । न्यूयोर्क टाइम्सले डेमोक्रेटिक पार्टीका लागि २०२० को निर्वाचनपछि अहिलेसम्मकै सबैभन्दा ठूलो चन्दा भएको उल्लेख गरेको छ ।

यसअघि बाइडेन राष्ट्रपतिको उम्मेदवार रहँदा उठेको ९० मिलियन डलर डोनेसन रकम उनको उम्मेदवारी बारे अन्योलता बढेपछि सो रकम फ्रिज गरिएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ