arrow

नदी तर्नेक्रममा बेपत्ता भएका रामबहादुर मृत फेला

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ८ मंगलबार
Uttarganga.jpg
फाइल तस्बिर

बागलुङ । उत्तरगङ्गा नदी तर्ने क्रममा बेपत्ता भएका रामबहादुर विक मृत फेला परेका छन् ।

बागलुङको ढोरपाटन नगरपालिका-८ निवासी ५४ वर्षीय विक आइतबार उत्तरगङ्गा नदी तर्ने क्रममा बेपत्ता भएका थिए । विक साेमबार मृत फेला पारेको प्रहरीले जनाएको छ ।

ढोरपाटन नगरपालिका-९ स्थित उत्तरगङ्गा नदीमा आफूले लगाउने कपडा र चप्पल किनारमा राखी नदी तर्ने क्रममा आइतबार बेपत्ता भएका विक सोमबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी विजय यादवले जानकारी दिए ।

नदीले बगाएको स्थानदेखि करिब १० किलोमिटर तल ढोरपाटन नगरपालिका-९ दिजस्थित उत्तरगङ्गा नदीको बीच भागमा मृत फेला परेको यादवले जानकारी दिए ।

घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट प्रहरी निरीक्षक राजकुमार विकको नेतृत्वमा प्रहरी टोली खटिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ