arrow

कमलादेवी अमेरिकाको राष्ट्रपतिको उम्मेदवार बन्ने लगभग पक्का

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ८ मंगलबार
kamaladevi-harris-24-7-22k.jpg

काठमाडौँ । उपराष्ट्रपति कमलादेवी ह्यारिसले अमेरिकी डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्न आवश्यक समर्थन जुटाएकी छिन् ।

एक विज्ञप्ति जारी गर्दै ह्यारिसले आफूलाई राष्ट्रपतिको उम्मेदवार बन्न आवश्यक डेमोक्रेटिक डेलिगेट्सको समर्थन प्राप्त भएको घोषणा गरेकी हुन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेन राष्ट्रपतिको उम्मेदवारबाट पछि हट्दै ह्यारिसको नामलाई राष्ट्रपतिको उम्मेदवारका लागि अगाडि सारेका थिए ।

ह्यारिसले भनेकी छिन्, ‘हाम्रो पार्टीको उम्मेदवार बन्नको लागि आवश्यक समर्थन पाएकोमा मलाई गर्व छ । आगामी केही महिनामा म देशैभर घुमेर अमेरिकाका जनतासँग हरेक मुद्दामा कुरा गर्नेछु । मेरो उद्देश्य हाम्रो पार्टी र राष्ट्रलाई एकताबद्ध गर्ने र डोनाल्ड ट्रम्पलाई हराउने हो ।’

अब ह्यारिसको उम्मेदवारीलाई डेमोक्रेटिक पार्टीको आगामी अगस्त १९ देखि हुने नेशनल कन्भेन्सनले अनुमोदन गरेपछि उनी पार्टीको आधिकारिक उम्मेदवार बन्ने छिन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ