arrow

वैदेशिक रोजगार महाशाखालाई आन्तरिक रोजगार महाशाखा बनाउने तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ९ बुधबार
rojgar office.jpg

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रम मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगारी महाशाखालाई परिवर्तन गरेर आन्तरिक रोजगार महाशाखा बनाउने बताएका छन् । मंगलबार संसद भवन परिसरमा बोल्दै उनले श्रम मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगारी महाशाखा विदेश पठाउने मात्रै भयो भन्ने भ्रम पैदा भएको भन्दै अब त्यसको रिस्ट्रक्चर गरी आन्तरिक रोजगार महाशाखा बनाउने बताए ।

उनले आन्तरिक रोजगार महाशाखा बनाएपछि मुलुकभित्रै रोजगारीको लागि जिम्मेवार निकायको रूपमा निर्माण गर्ने बताए । उनले आगामी दशकलाई आन्तरिक रोजगार दशकको अभियानको रूपमा मनाउने गरी तयारी भइरहेको पनि बताए । उनले वैदेशिक रोजगारीमा गएका नेपालीलाई कसरी फर्काउने र उनीहरूलाई स्वदेशमै कसरी रोजगारी दिने भन्ने मुख्य चुनौती रहेको बताए । 

उनले भने, ‘श्रम मन्त्रालय अन्तर्गत वैदेशिक रोजगारी महाशाखा रहेको छ । महाशाखा नै वैदेशिक रोजगारी भएपछि श्रम मन्त्रालय खालि विदेश मात्रै पठाउने भन्ने भ्रम परेको छ । हामीले त्यसलाई रिस्ट्रक्चर गरेर मन्त्रालयको संरचना परिवर्तन गरेर आन्तरिक रोजगार महाशाखा भनेर अब मुलुकभित्रै रोजगारीको लागि जिम्मेवार निकायको रूपमा निर्माण गर्नेछौँ । आगामी दशकलाई आन्तरिक रोजगार दशकको अभियानको रूपमा मनाउने भन्ने हिसाबले अघि बढाएका छौँ । वैदेशिक रोजगारीमा गएका नेपालीलाई कसरी फर्काउने, कसरी यहाँ रोजगार सिर्जना गर्ने भन्ने बारेमा मन्त्रालयको सबैभन्दा बढी ध्यान हुन्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ