arrow

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा चार जनाको शव निकालियो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ९ बुधबार
saurya-crash-81-4-9bb.jpg

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सको जहाजबाट चार जनाको शव निकालिएको छ । प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले चार जनाको शव निकालेका छन् । 

विमानमा सवार अन्यको अवस्थाबारे आधिकारिक विवरण आउने क्रममा छ । क्याप्टेनलाई सकुशल उद्धार गरिएको छ । पोखरा जान लागेको जहाजले भुइँ छोड्ने क्रममै आगलागी भएर दुर्घटना ग्रस्त हुँदा जहाज पूर्ण रुपले क्षतिग्रस्त भएको छ । 

जहाजबाट क्याप्टेन ३७ वर्षीय मनिष शाक्यलाई उद्धार गरेर केएमसी अस्पताल पठाइएको छ । 

प्राविधिक टोली लिएर जहाज पोखरा जाँदै थियो । उक्त जहाजमा अन्यको अवस्था अझै यकिन हुन सकेको छैन । 

उद्धार कार्य चलिरहेको छ । 

विमानस्थलका अधिकारीहरूका अनुसार विमानले अन्य विमानहरूलाई क्षति पुर्‍याएको छैन । विमानस्थल नजिकका घरहरूमा पनि कुनै क्षति पुगेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ