arrow

कांग्रेस र एमालेको केन्द्रको रवैयाले प्रदेशमा व्यापक असन्तुष्टि

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १० बिहिबार
amarsingh-pun-lila-giri.jpg
तस्बिर – लिला गिरी (बायाँ) र अमरसिंह पुन ।

बुटवल । लुम्बिनी प्रदेश सरकारको विषयमा एमालेपछि लुम्बिनी कांग्रेसभित्र पनि असन्तुष्टि देखिएको छ । कांग्रेस प्रदेश सभापति अमरसिंह पुनले मन्त्री छनोटको विषयमा प्रदेश समितिलाई बेवास्ता गरिएको भन्दै असन्तुष्टि जनाउँदै पार्टी सभापति शेरबहादुर देउवालाई बुधबार नै ध्यानाकर्षण पत्र बुझाएका छन् ।

सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउने र जनताको निराशा चिर्ने गरी सक्षम मन्त्री छान्नु पर्नेमा त्यस्तो नगरी मन्त्री छनोट गरिएको र मन्त्री छनोटका क्रममा प्रदेश कार्यसमितिलाई बेवास्ता गरिएको कांग्रेस प्रदेश समितिको आरोप छ । 

सभापति देउवालाई बुझाएको ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘संघीयता एवं समावेशीताको मर्म र पार्टीको विधानअनुसार प्रदेश पार्टीको अन्तरसम्बन्ध, अन्तरसमन्वय र सहअस्तित्वमा सरकार गठन गर्नुपर्ने प्रावधानलाई कुल्चिएको छ । नेपाली जनतामा संघीयता र प्रदेश संरचनाप्रति वितृष्णा पैदा भइरहेको बेला नेपाली कांग्रेसका आम साथीहरुको भावनाविपरीत यस किसिमको निरकुंश कार्यशैलीले पार्टीको प्रदेश संरचना कमजोर बन्न ठहर गरेका छौँ ।’

कांग्रेस लुम्बिनी प्रदेश सरकामा कांग्रेसले ४ जना मन्त्री पठाएको छ । कांग्रेसको भागमा ५ मन्त्रालय परे पनि ४ जनालाई मन्त्री बनाएको हो । जसमा गुल्मीका धनेन्द्र कार्की, प्यूठानका सरोज थापा (रोज राणा), दाङका प्रचण्डविक्रम न्यौपाने र बाँकेका बादशाह कुर्मीले बिना विभागीय मन्त्रीको शपथ लिएका छन् । 

यसअघि एमालेभित्र मुख्यमन्त्री छनोटको विषयमा असन्तुष्टि व्यक्त भएको थियो । एमाले लुम्बिनी संसदीय दलका लिला गिरीले संसदीय पद्दतिको विरुद्ध मुख्यमन्त्री नियुक्त गरेको भन्दै संसदीय दलको पदबाट राजीनामा दिएका छन् । त्यस्तै एमालेका प्रमुख सचेतकले पनि राजीनामा दिएका छन् ।

एमालेका महासचिव शंकर पोखरेलको हस्तक्षेपपछि संसदीय दलका उपनेता चेतनारायण आचार्य लुम्बिनीको मुख्यमन्त्री बनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ