arrow

जहाज दुर्घटनाबारे छानबिन आयोगले दिएको प्रतिवेदन शतप्रतिशत कार्यान्वयन गर्छौं - पर्यटनमन्त्री [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १० बिहिबार
badri-pandey-04-10.jpg

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे छानबिन आयोगले दिएको प्रतिवेदन शतप्रतिशत कार्यान्वयन गर्ने गरी मन्त्रीपरिषद्ले गठन गरिएको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकका बुधवार काठमाडौँमा भएको सौर्य एयरलाइन्स दुर्घटनाको विषयमा बोल्दै यस्तो बताए । उनले सरकारले दुर्घटनाको छानबिनको लागि आयोग गठन गर्दा विभिन्न प्रश्नहरू उठेको उल्लेख गरे । उनले चौतर्फी रूपमा उठेका प्रश्नलाई समेत आधार मानेर मन्त्रिपरिषद्ले छानबिन आयोग बनाएको बताए । 

उनले सरकारले जहाज दुर्घटनाको सत्य तथ्यसहित आएको प्रतिवेदनलाई शतप्रतिशत कार्यान्वयन गर्ने संकल्प सहित गठन भएको जानकारी गराए । उनले सरकारले अध्ययन समितिहरू बनाउने र समितिहरूले प्रतिवेदनहरू बुझाउने तर प्रतिवेदनहरू कार्यान्वयनको दिशामा सरकारको तदारुकता नदिएको स्वीकार गरे । 

उनले अब विगतका दुर्घटनाका प्रतिवेदनहरू कार्यान्वयन नआएको आधार मानेर सबै प्रश्नहरूको आधारमा सरकारले यस पटकको अध्ययनलाई सत्य र तथ्यको नजिक पुग्ने र घटनाका बारेका छिनोफानो गर्ने तयारमा सरकार रहेको बताए । उनले अध्ययनले दिएको प्रतिवेदनलाई शतप्रतिशत कार्यान्वयन गरी प्रभावकारी कार्यान्वयन बाटो तय गरिने बताए । उनले समितिमा पनि त्यो प्रतिबद्धता दोहोर्‍याउने बताए ।

उनले भने,‘सौर्य एयरलाइन्स दुर्घटनाको छानबिनको लागि सरकारले आयोग बनाएको छ । तर चारैतिरबाट प्रश्नहरू आइरहेका छन् । नेपाली आकाशमा यस्ता घटनाहरू किन पटक–पटक किन दोहोरिरहन्छ । सधैँ यस्तो घटनाबाट नेपाली आकाश र नेपालीहरू अभिसप्त हुन्छ । कारण के हो । सजकता र शतर्कता राज्यले किन अपनाउन सकेन । सम्बन्धित निकायहरूले किन अपनाउन सकेनन् । यसका व्यवस्थापकीय कमजोरी हुन् की, प्राविधिक कमजोरी हो, मानवीय लापरबाही हो की ? भन्ने ढङ्गका प्रशस्त प्रश्नहरू आइरहेका छन् । सरकारले अध्ययन समितिहरू बन्छन् । प्रतिवेदनहरू पनि आउँछन् । प्रतिवेदनहरू कार्यान्वयनको दिशामा सरकारको दतारुपता देखिँदैन । जसका कारणले यस्ता घटनाहरू व्यहोर्नुपर्छ भन्ने प्रश्न पनि आएका छन् । यी प्रश्नहरूको आधारमा सरकारले यस पटकको अध्ययनलाई सत्य र तथ्यको नजिक पुगौँ । घटनाका बारेका छिनोफानो गरौँ । अध्ययनबाट निस्केको प्रतिवेदन आउँछ । त्यसलाई शतप्रतिशत कार्यान्वयन गर्ने दिशामा प्रभावकारी कार्यान्वयन बाटो तय गरौँ भन्ने कुरा मन्त्रीपरिषद्मा संकल्प व्यक्त गरेका छौं । त्यही आधारमा निर्णय भएको छ । समितिमा पनि त्यो प्रतिबद्धता दोहोराउन चाहन्छु । बुधवारको घटना हुँदै मानवीय क्षति भए पनि अन्य थप क्षेती हुन पाएको छैन ।’

मन्त्री पाण्डेले कोरियाका नेपाली जहाज उडानको लागि नेपालका सम्बन्धित निकायहरुले तदारुकता नदेखाएको बताए । उनले कोरियामा नेपाली जहाज उडानको लागि नेपालबाट पहलकदमी नभएको भन्दै कोरियाले नेपालको हवाई सुरक्षा अडिट गर्ने विषयमा दुविधामा रहेको बताए । उनले कोरियामा नेपाली जहाज उडान भर्ने विषयमा चाँडै टुङ्गोमा पुर्याउने प्रतिवद्धता जनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ