arrow

मानसिक स्वास्थ्यमा आधारित गीत "सम्झिराखन" रिलिज

सुजन र विजयको गायन, 'फर्की फर्की'का निर्देशक सुयोग गुरुङको निर्देशनमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १० बिहिबार
SAMJHIRAKHANA -VJ-feat-sujan-parajuli.jpg

काठमाडौँ। लण्डन निवासी गायकद्वय सुजन पराजुली र भिजे घिमिरेको गीत सम्झिराखन बजारमा आएको छ। मानसिक स्वास्थ्यलाई प्रमुख विषय बनाइएको गीतमा,सङ्गीत,शब्द अनि अभिनय गायकद्वय नै रहेको छ। मानसिक स्वास्थ्य जस्तो जटिल संवेदनशील विषयलाई समेटेर बनाइएको कथा बस्तुलाई दर्शक श्रोताले मन पराएका छन्।

सुजन भन्छन् नेपाली सङ्गीत  क्षेत्रमा नौलो प्रयोग गरेका छौ, नेपाली पप र टिपिकल लोक गीतको संयोजनको सुरुवात आफूहरूले नै सुरु गरेको दाबी गर्छन्। अर्का गायक भिजे घिमिरे निकै उत्साहित छन् ,उनी थप्छन् अब नयाँ बाटो खुलेको छ नेपाली फ्युजन गीतको ट्रेन्ड आउनेमा ढुक्क छौ। कथा बस्तुमा भिजे र सुजन यमराज र चित्र गुप्तको भूमिकामा देखिन्छन्।

मानसिक स्वास्थ्यको कारण स्वर्ग लोक अस्वाभाविक मृत्युदर बढेको कारण व्यवस्थापन गर्ने गाह्रो भएकोले रोकथामको लागी उनीहरू पृथ्वी लोकमा गएको र  रोकथाम नियन्त्रण गर्न सफल भएको कथा लाई आकर्षक ढङ्गले  देखाउन खोजिएको छ।

गीतको कथा बस्तु अनि डाइरेक्सन अनमोल केसी अभिनीत चलचित्रका  निर्देशक सुयोग गुरुङको रहेको छ। भिजे म्युजिक युट्युब च्यानलबाट  रिलिज  गरिएको गीतमा किरण थापा र अभि वाग्लेको कोरियो ग्राफ रहेको छ भने गीतको अरेन्ज विप स्टुडियोले गरेको हो।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ