arrow

खोलामा बगेर मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ११ शुक्रबार
makawanpur-district.png

बागमती । मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१० स्थित राप्ती खोलामा बगेर बिहीबार एकको मृत्यु भएको छ ।

हेटौँडा-१ स्थित तरकारी बजारमा मजदुरी गर्दै आएका ३५ वर्षीय राजु पन्तको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

खोलाले बगाइ ल्याएको छ भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले तत्काल उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल ल्याएको र तत्कालै डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ