arrow

भारत र बेलायतबीच प्रबिधिगत सुरक्षाका लागि सहमति

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ११ शुक्रबार
india-england-flag.jpg

काठमाडौँ ।  भारत र संयुक्त अधिराज्य (बेलायत) ले आर्थिक वृद्धिलाई बढावा दिई सहकार्यलाई प्रभावकारी बनाउन नयाँ प्रविधिको सुरक्षाका लागि पहल सुरु गरेका छन् । 

नवनियुक्त बेलायती विदेश सचिवको भारत भ्रमणका क्रममा यो सहमति भएको हो । 

“दुई देशले खनिज, एआइ, सेमीकन्डक्टर र टेलिकमलगायतका क्षेत्रमा सहकार्य गर्ने र जलवायु, व्यापार, प्रविधि र शिक्षाजस्ता मुद्दाहरूमा सहयोगलाई बलियो बनाउने बिषयमा सहमत भएका छन्,” बेलायती विदेश सचिव डेभिड लमीको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

लमीले प्राविधिक पहलको माध्यमबाट एआईदेखि खनिजसम्म भविष्यका चुनौतिहरूमा सहकार्य हुने बताउदै यसबाट आपसी आर्थिक लाभका साथै रोजगारी र लगानीलाई बढावा दिन सकिने बताएका छन् ।  

उनले भारतीय समकक्षी जयशङ्करसँगको वार्तामा दुवैले इन्डो–प्यासिफिकमा रक्षा र सुरक्षा सहयोग बढाउने सहमति जनाएको तथा रूस–युक्रेनद्वन्द्वलगायत विश्वव्यापी मुद्दाहरूमा छलफल गरेको स्रोतले जनाएको छ ।   

लमीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग पनि भेटवार्ता गरेको र उनहरूले प्रविधि सुरक्षा पहललाई स्वागत गरेको बताएका छन् । 

यसैबीच प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्सको पोस्टमा भारत स्वतन्त्र व्यापार सम्झौता गर्न उत्सुक रहेको जनाएका छन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ