arrow

हलोक्रान्ति दिवस मनाइँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ११ शुक्रबार
Lamjung-hamrakura.jpg.jpeg

लमजुङ । आज साउन ११ गते हलोक्रान्ति प्रारम्भ भएको दिन । आजभन्दा  ७५ वर्ष अगाडि २००६ साल साउन ११ गते सुन्दरबजार नगरपालिका–४ साबिकको दुराडाँडा गाविस–६ अर्चल्यानीको बाटेगरामा ब्राम्हणहरूले सामूहिक रूपमा हलो जोतेको दिन । 

हलोक्रान्तिका जानकारहरूले हलोक्रान्तिका रूपमा साउन ११ गते दुराडाँडामा बर्सेनि हलोत्कर्षक दिवस मनाउने गरिए पनि हलोक्रान्तिलाई राष्ट्रिय दिवसका रूपमा मान्यता दिन र पहिलोपटक हलो जोतेर सामाजिक अभियान सुरु गर्ने अभियान्तालाई राष्ट्रिय विभूति घोषणा नभएकामा उनीहरूले दुःख व्यक्त गरेका छन् ।
 
हलोक्रान्तिलाई राष्ट्रियस्तरमा चिनाउन हलोक्रान्ति नेपाल तथा तोयनाथ स्मृति प्रतिष्ठान गठन गरी आफूहरूले काम गरिरहेको प्रतिष्ठानका अध्यक्ष डा लक्षमीकान्त पौडेल बताउँछन् । हलो जोतेको दुराडाँडाको अर्चल्यानीस्थित बाटेगरा परिसरमामा दुई रोपनी जग्गा प्रतिष्ठनको नाममा छ । उनकै नामबाट उद्यान, भौतिक संरचना र ब्राम्हणले हलो जोतेको सालिक बनाउन संरचना तयार भएको छ । राज्यले प्रतिष्ठानलाई जिल्लामा मात्रै सीमित नराखी देशव्यापी बनाउन लाग्नुपर्ने र त्यसैका लागि प्रतिष्ठानले झकझक्याइरहेको उनले बताए। 

राणा सरकार मौलाएको जातीय भेदभावसँगै हलिप्रथा अन्त्यका लागि पण्डित तोयानाथ अधिकारीको अगुवाइमा लेफ्टिनेन्ट शेषकान्त अधिकारी, मुखिया हरिभक्त पौडेल, मायानाथ पौडेल, श्रीकान्त अधिकारीलगायत २७ जनाले ऐतिहासिक थलो दुराडाँडाको बाटेगह्रामा पहिलोपटक हलो जोतेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ