arrow

नबिल बैङ्क र एनसेलबीच डिजिटल कारोबार सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ११ शुक्रबार
nabil-and-ncell-MOU-2024.jpg

काठमाडौँ। नबिल बैङ्क र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान गर्न सम्झौता भएको छ। सम्झौतासँगै अब एनसेलका बीटूबी तथा बीटूसी ग्राहकले सिम र डाटा खरिद गर्दा भिसा र मास्टर कार्ड प्रयोग गरी नबिल बैङ्कको पेमेन्ट गेटवे मार्फत रियल टाइम पेमेन्टको सुविधा पाउने भएका छन्। नबिल बैङ्कका एप प्रयोगकर्ताले पनि एन बैङ्क एप मार्फत एनसेलका सेवा खरिद गर्न सक्नेछन्।

नबिल बैङ्कका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले र एनसेलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जाबर केयोमोवले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।

नबिल बैङ्कका सिइओ ढुङ्गानाले यो सम्झौताले नेपालको डिजिटल यात्रामा महत्त्वपूर्ण योगदान पुग्ने बताए। उनले दुई संस्था बिचको यो सहकार्यबाट ग्राहकले विशेष लाभ पाउने बताए।

एनसेलका सिइओ केयोमोवले नबिल र एनसेलको सुमधुर सम्बन्धको प्रशंसा गर्दै आगामी दिनमा यस सुविधालाई थप परिष्कृत गर्ने बताए। अब एनसेलका ग्राहकले नबिलको पीओएस, पेमेन्ट गेटवे र एन बैङ्क गरी तीन वटै पेमेन्ट प्लेटफर्म प्रयोग गर्न सक्नेछन्।

नबिल बैङ्क नेपालको अग्रणी वाणिज्य बैङ्कहरूमध्ये एक हो । बैङ्कले २४ लाख भन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३१६ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ। नबिल बैङ्कले ४० वर्ष देखि नेपाली बैङ्किङ क्षेत्रमा नवीनतम सेवाहरूको सुरुवात गर्दै महत्त्वपूर्ण भूमिका खेलेको छ। बैङ्कले नेपालको बैङ्किङ विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ