arrow

दिगो भविष्यको प्रतिबद्धता र जनचेतनाका लागि देशव्यापी ‘नबिल दिगो पाइला’ वाकाथन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १२ शनिबार
nabil-bank-walktathon-2024-2081.jpg

काठमाडौँ। मुलुकको अग्रणी बैङ्क नबिल बैङ्कले देशव्यापी ‘नबिल दिगो पाइला’ वाकाथन गरेको छ। दिगो भविष्यको प्रतिबद्धतासहित जनचेतना जगाउने उद्देश्यले वाकाथन गरिएको हो।

स्थापनाको ४०औँ वार्षिकोत्सवको अवसरमा बैङ्कले दिगो भविष्य निर्माणको प्रतिबद्धता जनाउँदै शनिवार बिहान देशव्यापी वाकाथन आयोजना गरेको हो । बैङ्कले हालसम्म प्राप्त गरेका उपलब्धिलाई संस्थागत गर्दै दिगो भविष्यप्रति प्रतिबद्धताका लागि वाकाथनमार्फत ऐक्यबद्धता जनाएको छ।

वाकाथन शुभारम्भ गर्दै बैङ्कका अध्यक्ष उपेन्द्र पौड्यालले नबिलले ४० वर्ष अगाडि नै दिगो पाइला चालेका कारण आजको दिनसम्म आइपुगेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता गरे । “नबिल बैङ्क दिगो विकासका लागि प्रतिबद्ध छ, हामीहरू दिगो बैङ्किङ मार्फत यसको सुरुआत गरिसकेका छौँ, आगामी दिनका लागि प्रतिबद्धता जनाउन आज यहाँ उपस्थित भएका छौँ”, उनले भने।

बैङ्कका प्रमुख कार्यकारी अधिकृत –सिइओ) ज्ञानेन्द्र ढुङ्गानाले दिगो भविष्यको प्रतिबद्धतासहित देशव्यापी वाकाथन आयोजना गरिएको जानकारी दिए । “बैङ्कले दरिलो भविष्यका लागि दिगोपनाको नीतिअनुसार गतिविधि अगाडि बढाइसकेको छ, आज देशव्यापी रूपमा आयोजना गरिएको यस वाकाथनले दिगो भविष्यका लागि प्रतिबद्धता र यसबारे जनचेतना जगाउन यस थप सहयोग हुनेमा हामी विश्वस्त छौँ”, उनले भने।

वाकाथनका अवसरमा बैङ्कका अध्यक्ष उपेन्द्र पौड्याल, सञ्चालक अनन्त पौड्याल, प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्ञानेन्द्रप्रसाद ढुङ्गाना, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुजित शाक्य, नायव प्रमुख कार्यकारी अधिकृत द्वय मनोज ज्ञवाली र भूपेन्द्र पाण्डे, विभिन्न विभागका प्रमुखलगायत काठमाडौँ उपत्यकाका विभिन्न शाखामा कार्यरत करिब ११ सय कर्मचारीको उपस्थिति थियो।

शनिवार बिहान ७:३५ बजे दरबार मार्गको तीनधारास्थित केन्द्रीय कार्यालयबाट सुरु भएको वाकाथन कमलादी, घण्टाघर, भद्रकाली मन्दिर, शहीद गेट, न्युरोड गेट, वसन्तपुर दरबार स्क्वायर हुँदै फेरि केन्द्रीय कार्यालयमा पुगेर टुङ्गिएको थियो।

बैङ्कका अनुसार नारायणगढ, विराटनगर, बिर्तामोड, वीरगन्ज, जनकपुर, पोखरा, बुटवल, नेपालगन्ज, सुर्खेत, धनगढी, हेटौँडा र दाङमा पनि एकैसाथ आज बिहान वाकाथन आयोजना गरिएको थियो।

नबिल बैङ्क नेपालका अग्रणी बैङ्कहरूमध्ये एक हो। बैङ्कले २४ लाखभन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३१६ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ। नबिल बैङ्कले नेपाली बैङ्किङ क्षेत्रमा नवीनतम सेवाहरूको सुरुआत गर्दै महत्त्वपूर्ण भूमिका खेलेको छ। बैङ्कले नेपालको बैङ्किङ विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ