arrow

प्रतिनिधि सभामा मन्त्रीले विमान दुर्घटनाबारे गराए जानकारी

विमान दुर्घटनामा मृत्यु भएका १७ जनाको आफन्तले बुझे शव - मन्त्री पाण्डे [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १३ आइतबार
badri-pandey-04-12.jpg

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डेले सौर्य एयरलाइन्स दुर्घटनामा मृत्यु भएका १७ शव आफन्तले बुझेको संसद्लाई जानकारी गराएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा सो विमान दुर्घटनाबारे जानकारी गराउँदै सो कुरा बताएका हुन् । यमनका एक जना नागरिकको शव व्यवस्थापनका लागि पनि नेपालमा दूतावास नभएकाले त्यसका लागि सम्पर्क र समन्वयको काम भइरहेको उनले बताए । 

मन्त्री पाण्डेले सो विमान दुर्घटनामा परी गम्भीर घाइते क्याप्टेन मनिषरत्न शाक्य उपचाररत रहेको र उनको अवस्था खतरामुक्त रहेको पनि बताए । उनले मृतकको शव व्यवस्थापनको सम्पूर्ण खर्च सौर्य एयरलाइन्सले व्यहोरेको पनि जानकारी दिए । 

मन्त्री पाण्डेले भने, ‘हामी यतिखेर विभिन्न निकायसँग छलफलकै क्रममा छौं । समिति बनेको छ । समितिले गर्ने काम, उसको आफ्नो काम छ । समितिले गर्ने काममा उसको स्वतन्त्रता, निष्पक्षता र उसको तटस्थतामा हामी कुनै पनि किसिमको हस्तक्षेप हुने रहन दिनेछैनौँ । तर सँगैमा मन्त्रालयले गर्ने काम सरकारले गर्ने कामको बारेमा सरकारले समितिको तटस्थतालाई सर्वोपरि राख्दै हामीले गर्ने कामका बारेमा हामी प्रतिविद्धताका साथ लाग्नेछौँ । र अहिले विभिन्न निकायहरूसँग छलफलकै क्रममा भएको कारणले धेरै विषयमा आज म प्रकाश पार्दिन । धेरै विषयमा आज म यहाँ आग्रह गर्दिन । आगामी दिनमा यो सम्पूर्ण विषयहरू जुन सदनमा उठेका छन् । हामी भोलिपल्टै नौ गतेका दिन घटना भयो । १० गतेका दिन संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा पनि यसरी नै गहिरो गरी छलफलमा गएका थियौ । त्यहाँका प्रश्नहरूलाई समेत आधार मान्दै आगामी दिनमा यो बारेमा विस्तृत जानकारी गराउने आग्रह गर्न चाहन्छु । र अहिलेसम्मका तथ्यहरूको विवरण छोटकरीमा आग्रह गर्न चाहन्छु । विमान दुर्घटनाग्रस्त भएको थियो । सो दुर्घटनामा परी १८ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । उक्त उडानका क्याप्टेन गम्भीर घाइते भई हाल काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ । हाल उनको अवस्था खतरामुक्त रहेको जानकारी उपचारमा संलग्न चिकित्सकहरूबाट प्राप्त भएको छ । हालसम्म विदेशी यमनी नागरिक बाहेक मृतकका सबै परिवारहरूले शव बुझेको अवस्था छ । यमनी नागरिकको हकमा शव व्यवस्थापनका लागि नेपालमा यमनको दूतावास नभएकाले यमनको दूतावास रहेको नजिकको मुलुकसँग सम्पर्क र समन्वय भइरहेको । शव व्यवस्थापनको खर्च सौर्य एयरलाइन्सबाट भएको पनि जानकारी गराउन चाहन्छु ।’

गत साउन नौ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भरे लगत्तै सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा चालक दलका एक सदस्यसहित १८ जनाको ज्यान गएको थियो भने क्याप्टेन शाक्यको गम्भीर अवस्थामा उद्धार गरिएको थियो  । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ