arrow

रूपान्तरणको प्रक्रियामा जाँदै माओवादी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १४ सोमबार
agni.jpg

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले पार्टी ठुलो रूपान्तरणको प्रक्रियामा जाने बताएको छ ।आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको पदाधिकारी बैठकले ठुलो रूपान्तरणको प्रक्रिया जाने निर्णय गरेको हो । 

बैठकपछि सञ्चाकरर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले वर्तमान परिस्थिति र पार्टी निर्माणसम्बन्धी छलफल भइरहेको बताए । उनले बैठकमा आइतबार जनार्दन शर्मा, गणेश साह, हितमान शाक्य, गिरिराजमणि पोखरेल, श्रीराम ढकालले आफ्ना धारणा राखेको र बैठकमा बोल्ने नेताहरूलाई समय निर्धारण नगरीकन अभिव्यक्ति गर्न दिइएको पनि बताए ।
 
उनले भने, ‘वर्तमान परिस्थिति र पार्टी निर्माणसम्बन्धी नै छलफल भइरहेको छ । आइतबार ५ जना कमरेडहरूले आफ्नो भनाइ राख्नुभयो । जनार्दन शर्मा, गणेश साह, हितमान शाक्य, गिरिराजमणि पोखरेल, श्रीराम ढकालले ५ जना साथीहरूले राख्नुभयो । राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थितिको बारेमा, विश्व दृष्टिकोणका बारेमा सीमारहित छलफल छ । जसलाई जति समय आवश्यक छ, त्यसैअनुसार समय दिइएको छ । परिस्थिति जटिल र पेचिलो छ । हामीले एक खालका कार्यक्रम बनाएर जनतामा जानुपर्छ । हामी एउटा ठुलो रूपान्तरणको प्रक्रियामा छौँ ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ