arrow

दायित्व बिर्सेपछि

सीमानाकालाई तस्करीको हब बनाउँदै सशस्त्र प्रहरी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १४ सोमबार
apf-armed-police-force-logo.jpg

काठमाडौँ । सीमा सुरक्षाको जिम्मा लिएर बसेको सशस्त्र प्रहरीका अधिकारीहरूले नै नाकालाई तस्करीको हबको रुपमा विकास गरेको पाइएको छ । 

नेपाल भारतसीमा क्षेत्रबाट विभिन्न सामानहरूलाई तस्करी गर्न सशस्त्र प्रहरीकै अधिकारीहरूको मिलेमतो रहेको पाइएको हो । 

पर्साबाट सशस्त्र प्रहरीको मिलेमतोमा लागुऔषधको समेत व्यापक तस्करी हुने गरेको पाइएको छ । 

केही दिनअघि मात्र पर्साको पोखरियास्थित सशस्त्रको बेस क्याम्पले केही परिमाणको चरेश बरामद गर्यो । 

श्रोतका अनुसार मिलेमतोमा ठूलो परिणाममा चरेश तस्करी हुने गरे पनि देखाउनका लागि थोरै परिमाणको चरेश बरामद गरेको थियो । 

‘चरेश तस्करीको हब रहेको स्थानमा सशस्त्र प्रहरीले केही किलो बरामद गरेको थियो, त्यो पनि बाहिर सार्वजनिक गरेको छैन’, स्रोतले भन्यो ।


अलौ नाकाबाट डीएसपी विकाश अधिकारीको मिलेमतोमा तस्करी हुने गरेकामा पोखरियाबाट अर्का डीएसपी विक्रम अधिकारीको संरक्षणमा गाँजा, चरेश तस्करी हुने गरेको केही दिनअघि बरामद गरेकोबाट पनि थाहा हुने बताइएको छ ।

‘त्यो त देखाउनका लागि मात्र बरामद गरेजस्तो गरेको हो, ठूलो मात्रामा त तस्करी भएकै छ , श्रोतले भन्यो । 

अहिले पोखरियाको नाका लागुऔषध मात्र होइन हार्ड्वेयर, कस्मेटिकका सामान समेत तस्करी हुने गरेको बताइन्छ ।

पर्सा र रौतहटका विभिन्न नाकाबाट चोरी निकासीलाई सहयोग पुग्नेगरी सशस्त्र प्रहरी कर्मचारीलाई त्यहाँका एसपीले खटाएको स्रोतले जनाएको छ । 

पर्सा र रौतहटका सीमा नाकाबाट हुने तस्करीले आसपासका जिल्लामा समेत बाछिटा परेकाले राजश्व कम उठ्ने गरेको स्रोतको दाबी छ । 

पर्साको अलौ नाकाबाट कतिसम्म तस्करी हुन्छ भन्ने कुरा केही दिन अघिको घटनाले पुष्टि गर्छ । 

अलौ नाकामा डीएसपी अधिकारीले चलाएको तस्करी धन्दामा अर्का डीएसपी सुरज रिजालले उनी नभएको मौकामा तस्कर पक्राउ गर्नुका साथै सामानसमेत बरामद गरेका थिए ।

रिजाल बीओपी वीरगञ्जमा छ्न् । उनले आफ्नो एरियाभन्दा बाहिर अलौ बीओपीको एरियाबाट केही दिन अघि ४० लाख बढीको सामान समातेका थिए । 

सधै सेटिङमा तस्करी गराएका डीएसपी अधिकारी केही दिन बिदा बसेको बेला उनको क्षेत्रमा भएको अबैध गोदाममा बीओपी वीरगञ्जको टोलीले छापा हानेको थियो । 

ती सामान डीएसपी विकाश अधिकारीको मिलेमतोमा गोदाममा राखिएको श्रोतले जनाएको छ ।
 
दैनिक रुपमा अलौ नाकाबाट तस्करीका ट्रक पास हुने गरेको स्थानीय बताउँछन् । त्यस घटनापछि डीएसपी अधिकारीलाई छिन्नमस्त बाहिनी तानिएको थियो । 

तर उनी तनहुँ घर भएको र राष्ट्रपतिको मान्छे भन्दै उम्किन सफल भएका थिए । अहिले पनि उनको तस्करी धन्दा रोकिएको छैन ।

यता रौतहटका सीमा नाका गौर लगायतबाट हुने तस्करीले पनि सीमा नाघेको छ । एसपी विक्रम हुमागाईंले गत वर्ष पक्राउ गरिएको सामानको विवरणसमेत दिएर प्रचारबाजी गर्दै सबैलाई गुमराहमा राखेर तस्करी धन्दा चलाएको श्रोतको दाबी छ । 

उनका अनुसार अहिले रौतहटबाट गोरु चोरी निकासीमासमेत डिएसपी हुँमागाईंले चासो राख्ने गरेको स्रोतले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ