arrow

ईयूद्वारा नवीकरणीय हाइड्रोजन अनुदान योजना स्वीकृत

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १६ बुधबार
european-union-eu.jpg

काठमाडौँ ।  युरोपेली आयोगले नेदरल्यान्ड्सको इलेक्ट्रोलाइसिस क्षमता बढाउने र नवीकरणीय हाइड्रोजनको उत्पादनलाई समर्थन गर्ने उद्देश्यले ९९ करोड ८० लाख यूरो (एक अर्ब अमेरिकी डलर) डच अनुदान योजना स्वीकृत गरेको घोषणा गरेको छ ।

यो पहल ब्रसेल्सको हरित एजेन्डासँग राम्रोसँग मिल्दोजुल्दो रहेको आयोगले एक प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ । यसले युरोपेली सङ्घ (ईयू) हाइड्रोजन रणनीति र युरोपेली हरित सम्झौताको उद्देश्य अनुसार नवीकरणीय हाइड्रोजनको विकासमा योगदान पु¥याउने लक्ष्य राखेको छ ।

उक्त अनुदान योजनाले नेदरल्याण्डमा कम्तिमा २०० मेगावाट इलेक्ट्रोलाइसिस क्षमताको निर्माणलाई सहयोग गर्नेछ । 

यो योजनाले नेदरल्यान्ड्सलाई सन् २०२५ सम्ममा ५०० मेगावाटको इलेक्ट्रोलाइजर क्षमता र सन् २०३० सम्ममा तीन देखि चार गिगावाटको लक्ष्य हासिल गर्न मद्दत गर्ने जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ