arrow

सरकारले आम उपभोक्ताको हितमा काम गर्छ- गृहमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १७ बिहिबार
ramesh-lekhak-03-31.jpg

काठमाडौँ ।  गृहमन्त्री रमेश लेखकले मूल्यवृद्धिलगायतका आम उपभोक्ताको हितको कामलाई सरकारले प्रभावकारी रूपमा अघि बढाउने बताएका छन् ।बुधबार अपराह्न सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा नेपाली कांग्रेस आपूर्ति तथा उपभोक्ता विभागका पदाधिकारी तथा प्रतिनिधिहरूसँगको भेटमा उनले सो प्रतिबद्धता व्यक्त गरे । 

मन्त्री लेखकले दैनिक उपभोग्य वस्तुको आपूर्ति तथा वितरणको सम्बन्धमा देखिएको समस्या जायज भएकाले यसको समाधानका लागि सरकार क्रियाशील भएर लागिपर्ने बताए । उनले आम नागरिकका समस्या समाधान गर्ने दायित्व सरकारको भएकाले त्यसलाई गम्भीरतापूर्वक लिएर कार्यान्वयनमा लैजाने आश्वासन दिए । 

मन्त्री लेखकले भने, यो दैनिक उपभोग्य वस्तुको आपूर्ति तथा वितरणको सम्बन्धमा पार्टीको महत्त्वपूर्ण समिति हो । तपाईँहरूले यसमा उल्लेख गर्नुभएका विषयहरू अत्यन्त महत्त्वपूर्ण छन् । यो आम नागरिकसँग सम्बन्धित कुरा र राज्यले गर्नुपर्ने, देखाउनुपर्ने विषय भएकाले हुनाले जे कुरा यहाँ ल्याउनुभएको छ । जायज कुरा छन् । त्यसलाई अत्यन्तै गम्भीरताका साथ लिएर हामी कार्यान्वयनमा लाग्छौँ ।

त्यस अवसरमा विभागले गृहमन्त्री लेखकलाई आम उपभोक्ता मूल्य वृद्धिको मारमा परेको, भारतबाट हुने गरेका चोरी निकासीका कारण स्वदेशी उत्पादनले बजार नपाएको र राजस्व समेत गुमाउनु परेकोलगायतका मागसहितको ज्ञापन पत्र बुझाएको थियो । गृहमन्त्री लेखकले आम उपभोक्ताको हितका लागि बुझाएको सो ज्ञापन पत्रमा उल्लेख गरिएको बुँदाहरू आफूले सक्रियतापूर्वक कार्यान्वयनमा लैजाने बताएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ