arrow

नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कद्वारा टाटाको गाडीमा ८.८२ प्रतिशत ब्याजमा फाइनान्स सुविधा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १८ शुक्रबार
sipradi-NIMB-agrement-tata-ev.jpg

काठमाडौँ। सिप्रदी ट्रेडिङ्ग प्रालि र नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कबिच विद्युतीय सवारी कर्जाका लागि सम्झौता भएको छ। सम्झौता अनुसार टाटाका विद्युतीय गाडी खरिद गर्दा ग्राहकहरूले हाल कायम बैङ्कको बेस रेटमा अतिरिक्त १ प्रतिशत गरी कुल ८.८२ प्रतिशत ब्याजदरमा   फाइनान्स सुविधा प्राप्त गर्नेछन्।

अब टाटा टियागो इभी, नेक्सन इभी, टिगोर इभी र नेपालमा बहुप्रतिक्षित टाटा पञ्च इभीमा ७ वर्षसम्मका लागि यो सुविधा प्राप्त गर्न सकिनेछ। सहज र झन्झटरहित तरिकाले ३ कार्य दिन भित्रमा कारोबार रकमको ८० प्रतिशतसम्म फाइनान्सको सुविधा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

टाटाका विद्युतीय गाडीहरू नेपालमा सर्वाधिक बिक्री हुने गाडीहरूको अग्रपक्तीमा रहेका छन्। आरामदायी तथा क्लच र गियरको झन्झट नहुने हुँदा गाडी चलाउन एकदमै सजिलो हुने, पार्किङका लागि सहज, किफायती र वातावरण मैत्री भएका कारण पनि विद्युतीय गाडीको लोकप्रियता बढिरहेको छ।

टाटा आफैमा प्रतिष्ठित तथा विश्वसनीय ब्राण्ड भएको र भारतमा निर्मित यस गाडी भौगोलिक हिसाबले पनि नेपालका लागि उपयुक्त रहेको छ। दैनिक तथा व्यक्तिगत कामकाजका लागि अत्यन्तै उपयुक्त यस गाडीको माग नेपाली बजारमा दिन प्रतिदिन बढ्दै गइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ