arrow

केवलकारको निर्माणाधीन भवनबाट खसेर मजदुरको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १८ शुक्रबार
maulakali-cable-car-nawalpur.jpg
फाइल तस्बिर

नवलपुर । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैँडाकोटमा रहेको मौलाकाली केवलकारको निर्माणाधीन भवनबाट खसेर एक मजदुरको मृत्यु भएको छ ।

गैँडाकोट नगरपालिका-१ स्थित मौलाकालिका मन्दिर नजिकै रहेको मौलाकाली केवलकार प्रालिको टप स्टेशनमा रहेको निर्माणाधीन भवनको चौथो तल्लाबाट खसेर मजदुरको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट-सुस्तापूर्व) का प्रहरी निरीक्षक सुदीप भण्डारीका अनुसार बारा जिल्ला जीतपुर सिमरा उपमहानगरपालिका-२० बस्ने वर्ष २५ का गोरख राउत कुर्मीको खसेर मृत्यु भएको हो ।

दुर्घटना गए राति भएको भए पनि आज त्यहाँ कार्यरत अन्य कर्मचारीले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ