arrow

सबै दललाई साथ लिएर संविधान संशोधन - योगेश भट्टराई [भिडियो]

मुलुकलाई सही दिशामा अघि बढाउने दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १९ शनिबार
yogesh-bhattrai.jpg

काठमाडौँ । नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराईले कांग्रेस–एमाले सबै राजनीतिक दलहरूलाई साथमा लिएर संविधान संशोधन गर्ने पक्षमा रहेको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै सचिव भट्टराईले नेपालको राजनीतिक व्यवस्थालाई अग्रगामी दिशा दिन संविधान संशोधन गर्ने कुरालाई अघि बढाउन सोच सत्तारुढ गठबन्धनले लिएको बताए ।

संविधानलाई गतिशील बनाउने गरी संशोधन गर्ने सोच अघि सारिएको उल्लेख गर्दै उनले त्यसमा आवश्यक सुझाव दिन पनि विज्ञहरूलाई आग्रह गरे । सचिव भट्टराईले दुई ठुलो दलको सरकार बनेयता मुलुकमा सकारात्मक सन्देश गएको दावी गर्दै यसले यसले मुलुकलाई सही दिशामा अघि बढाउने दाबी समेत गरे । 

उनले भने, ‘अहिले देशका ठुलो पार्टीहरू एउटै सरकारमा बसिरहेका छौं । पक्कै पनि मुलुकका लागि केही नयाँ दिशा दिनकै लागि हामीले यो प्रयत्न गरिराखेका छौं । नेपाल देशलाई धेरै प्रयोगशाला नबनाऔँ । पटक पटक प्रयोगशालाहरू हुँदै आए । अब फेरि अर्को प्रयोगशाला नबनाऔँ देशलाई । यी दुई वटा पार्टी एक अर्काका प्रतिस्पर्धी पनि हुन । र, यी दुई वटा पार्टी इतिहासका निर्माता पनि हुन । इतिहासको कठिन मोडमा नेपाल राष्ट्रलाई सही दिशा दिन अग्रसर भएका पार्टीहरू पनि हुन । चाहे त्यो शान्ति प्रक्रियामा होस, चाहे त्यो संविधान निर्माणको बेलामा होस । चाहे अरू अन्य बेलामा होस । लोकतन्त्रलाई सुदृढीकरण गर्ने कुरामा होस । यस्ता ऐतिहासिक क्षणहरूमा हामी एक ठाउँमा आएका छौं । र, मुलुकलाई सही दिशा दिने प्रयत्न हामीले गरेका छौं । फेरी एक पटक यी दुई वटा पार्टीले यसमा पहल लिएका छन् । मलाई विश्वास छ, हामीलाई विश्वास छ कि यसले एउटा सकारात्मक सन्देश नेपाली जनताको बीचमा गएको छ । अर्थ तन्त्रलाई लयमा फर्काउनु छ । राष्ट्रिय आत्मविश्वासलाई हामीले बढाउनु छ । विदेशी मित्रहरुको विश्वास जितेर देश भित्र लगानीको वातावरण बनाउनु छ । आजको विश्व एउटा शक्ति राष्ट्रहरूको तानातानमा हामी देखिरहेका छौं । चाहे युक्रेनमा होस्, चाहे इजरायलको गाँजा क्षेत्रमा । मध्यपूर्वमा होस । अनि अरू अन्य ठाउँमा होस । त्यसका बाछिटाहरू नेपाल जस्ता सानो देशले भोग्नु नपरोस् । सबै विश्वका मुलुकहरूसँग हामी एउटा राम्रो सम्बन्धमा साथ उनहरुको सहानुभूति र सहयोग नेपालमा प्राप्त गर्न सक्ने ढङ्गले हामी जाऔँ । दुइटा छिमेकी मुलुकहरू उत्तर र दक्षिणतिर चीन र भारत छन् । उनहरुको समृद्धिबाट नेपाललाई कसरी फाइदा लिन सकिन्छ ? उनहरुका तनावबाट नेपाल कसरी मुक्त हुन्छ ? उनहरुको समृद्धिबाट हामीले कसरी फाइदा लिन्छौँ ? यीनै विषयलाई सहज ढङ्गले अघि बढाउन नै यी दुई वटा पार्टी एक ठाउँमा आउनु परेको हो ऐतिहासिकता हो । संविधानमा केही कुराहरूलाई हामीले नयाँ ढङ्गले हेर्नुपर्नेछ, बुझ्नुपर्नेछ । त्यसको अर्थ नेपालको राजनीतिक व्यवस्थालाई पछाडि फर्काउने होइन । नेपालको राजनीतिक व्यवस्थालाई अग्रगामी दिशा दिन संविधानमा केही अग्रगामी सोचका साथ सम्बोधन गर्नुपर्नेछ । संशोधन गर्नुपर्नेछ । यसको निम्ति नेपाली कांग्रेस र एमाले अग्रसरता लिए पनि संसद्मा भएका अथवा नभएका राजनीतिक शक्तिहरू र पार्टीहरूलाई एकसाथ लिएर हामी त्यो कार्यभारलाई समेत पूरा गर्ने गरी अगाडि बढ्न सोचिरहेका छौँ । विद्वानहरूले संविधानका बारेमा आफ्ना सुझावहरू हामीले प्राप्त गर्ने नै छौं । त्यसले संविधानलाई अझै गतिशील बनाउन, संविधानलाई अझै राम्रो बनाउनका निम्ति सहयोग गर्ने नै छ । यीनै उद्देश्यका साथ आज हामी नयाँ सहकार्यका साथ अघि बढेका हौ । ’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ