arrow

केही प्रदेशमा भारी वर्षाको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २१ सोमबार
weather-02-18.jpg

काठमाडौँ ।   हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान कोशी र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी तराईका भू-भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा छ।

आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली  रही सबै प्रदेशका केही स्थानहरूमा  मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। 

आज राति देशभर आंशिक देखि साधारणतया बदली रहने छ। त्यस्तै कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ