arrow

रुसविरुद्ध लड्न युक्रेनलाई लडाकू विमान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २१ सोमबार
china-warplanes-fighter-aircraft-taiwan-land.jpg

काठमाडौँ । युक्रेनलाई अमेरिकामा बनेको एफ–१६ लडाकू विमानहरूको पहिलो खेप प्राप्त भएको छ  ।  

दुई वर्षभन्दा बढी समयदेखि युक्रेनले विमानका लागि पश्चिमी साझेदारहरूसँग अनुरोध गरेको थियो । किएभले मागेको एफ–१६ लडाकू विमानलाई लामो समयदेखि सैन्य हार्डवेयरको विशाल सूचीमा मुकुट रत्न मानिन्छ । 

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले आइतबार रुसी सेनालाई परास्त गर्न थप विमान आवश्यक रहेको बताएका छन् ।

“हामीले प्रायः ‘असम्भव’ शब्द सुनेका छौँ, अब यो वास्तविकता हो, हाम्रो आकाशमा वास्तविकता, युक्रेनमा एफ–१६, हामीले यो पूरा गर्‍यौँ”, आफू माथिबाट एफ–१६ विमानले उडान भरेका बेला उनले घोषणा गरे । 

 लडाकू विमानहरूको आगमनले युक्रेनलाई रुसी बमबारीबाट स्वयंलाई राम्रो तरिकाले बचाउन सक्षम बनाउने किएभले अपेक्षा गरेको छ । एफ–१६ विमानलाई उसको सटीकता, गति र दायराका लागि जानिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ