arrow

बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकमा के-के विषयमा भए छलफल ? [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २१ सोमबार
budhanilkantha-deuba-niwas-.jpg

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठकमा आगामी केन्द्रीय कार्यसमिति बैठकका एजेन्डाहरूको सम्बन्धमा छलफल भएको छ । सोमबार पार्टी सभापति निवास बुढानीलकण्ठमा बसेको नेपाली कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले आगामी साउन २३ गतेबाट हुने कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको एजेन्डाहरूको सम्बन्धमा छलफल भएको हो ।

पदाधिकारी बैठकमा अगामी केन्द्रीय कार्यसमितिको बैठकमा महासमिति बैठकमा उपसभापति र महामन्त्रीद्वयले प्रस्ताव गरेको राजनीतिक प्रस्ताव, साङ्गठनिक प्रस्ताव र समसामयिक प्रस्तावलाई संशोधनसहित पारित गर्ने सन्दर्भमा छलफल भएको सहमहामन्त्री जीवन परियारले जानकारी दिए । 

त्यसै गरी पार्टी सङ्गठन सुदृढीकरण र सरकार सञ्चालनको सम्बन्धमा पनि केन्द्रीय कार्यसमिति बैठकमा छलफल हुने तय भएको उनले बताए ।
 
उनले भने – ‘साउन २३ गतेबाट कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आह्वान गरिएको छ । सो बैठकलाई केन्द्रबिन्दु राखेर आज छलफल भयो । आजको बैठकबाट आएको कुरा अनुसार महासमिति बैठकमा नेपाली कांग्रेसका उपसभापतिज्यूले राजनीतिक प्रस्ताव पेश गर्नुभएको छ । महामन्त्री गगन थापाले साङ्गठनिक प्रस्ताव पेश गर्नुभएको छ । र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रतिवेदनको विषयमा गरेर ३ वटा प्रस्ताव पेश भएका थिए । प्रस्तावहरूमा महासमितिमा व्यापक छलफल भयो । बैठकले आएका सुझावहरू सहित, संशोधनसहित केन्द्रीय कार्यसमितिबाट पारित हुने गरी जुन निर्णय भएको थियो । सोही विषयमा अब बस्ने केन्द्रीय कार्यसमिति बैठकले उक्त महासमितिबाट प्रस्तुत भएको जुन प्रस्तावहरू हो । जुन सुझावहरूलाई समेत समेटेर प्रस्ताव पेश गरेर पारित गर्ने भन्ने कुरा भएको छ । सरकारमा रहेर नेपाली कांग्रेसले पार्टी सङ्गठनलाई तल्लो तहसम्म लिएर जाने कुरा र सरकारमा बसेर कांग्रेसले कस्तो भूमिका खेल्नुपर्छ भन्ने बारेमा पनि छलफललाई केन्द्रीकृत गर्ने भन्ने कुरा भएको छ । पार्टी सङ्गठन सुदृढीकरण र सरकार सञ्चालनको बारेमा पनि छलफल हुन्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ